कञ्चनपुरको दोदा [मछेली] नदीमा बाढी पूर्वसूचना यन्त्र [राडार लेभल सेन्सर] जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा सो यन्त्र जडान गरिएको हो ।
चलचित्र भूठान ‘द वल्र्ड ह्यापियस्ट म्यान’ को छायाङ्कन सकिएको छ । सो चलचित्रमा भारतीय कलाकार अनुराधा मजुमदार, हलिउड अभिनेता ब्रुस डनलगायतका कलाकारको अभिनय रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
केशचन्द्र पारावत् महाविहारको मिसा पुचःले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि) को आयोजना गरेको छ । दुईदिने बेल विवाहको सो कार्यक्रममा ५१ जना बालिकाको सहभागिता रहेको थियो । नेवार समुदायमा जन्मदेखि मरणसम्म गर्नुपर्ने विभिन्न कर्मकाण्डमध्ये बालिकाका लागि इहि एउटा विशेष संस्कार हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटरमा चार रुपियाँ, डिजेल/मटितेल प्रतिलिटरमा दुई/दुई रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा १५ रुपियाँ मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाएको निगमले जनाएको छ ।
मुलुक निर्वाचनमा जान एक साताअघि अलग–अलग हमलामा एक उम्मेदवारको गोली हानी हत्या र अन्य धेरै घाइते भएपछि पाकिस्तानको निर्वाचन आयोगले बुधबार सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेशको आयोजनामा तेश्रो किसुन जी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत १७ गते हुने भएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रयितोगितामा लुम्बिनी प्रदेशमाथि एक सय तीन रनको फराकिलो जित निकालेको छ ।
राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्स पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजना हुने सार्वजनिक कार्यक्रममा आयातित खादा, ब्याच र माला प्रयोग नगर्ने निर्णय गरेको छ।
बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा बनेका काठ, माटो र ढुङ्गाले बनेका मौलिक घर । पछिल्लो समय ढोरपाटन उपत्यका क्षेत्रमा मौलिक घर मासिन थालेका छन् ।
राष्ट्रिय ‘खेलकुद पत्रकारिता पुरस्कार–२०८०’ गोरखापत्रकर्मी गोविन्द रेग्मीलाई प्रदान गरिएको छ ।
धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको कुनै दिन छैन ।
गएको कात्तिक १७ गते गएको भूकम्पमा परेका प्रभावित नागरिकका लागि निर्माण गरिएका दुईसय अस्थायी आवास पालिकामार्फत नागरिकलाई हस्तान्तरण गरिएको छ ।