• २ असार २०८१, आइतबार

किसुन जी स्मृति हाफ म्याराथन चैतमा

blog

किसुन जी स्मृति हाफ म्याराथन बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, माघ १७ गते । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेशको आयोजनामा तेश्रो किसुन जी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत १७ गते हुने भएको छ ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष दीपक गुरुङले जानकारी दिनुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा हुने म्याराथन गल्फुटारबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ । 

‘रन फर फन’ अन्तर्गत विद्यार्थीलगायतको पाँच किलोमिटर दौड पनि हुनेछ । उक्त दौडमा पुरुष/महिलातर्फ पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

म्याराथनको समापन समारोहमा खेल क्षेत्रमा योगदान दिनेलाई पनि नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सङ्घका सचिव दामोदर भट्टराई (बद्री) र सदस्य राजु बोगटीलाई सम्मान गरिएको थियो ।