भारतबाट तस्करी भई आएको ठुलो परिमाणको भारतीय माछाको सुकुटी (सिद्रा) प्रहरीले बरामद गरेको छ । प्रहरीले झिँगा, पोठिया, छइलगायत विभिन्न प्रजातिका दुई सय किलो माछाका सुकुटी बरामद गरेको हो ।
बढ्दै गएको उमेरसँगै आफ्नै अतीतलाई सम्झिँदै जाने हो भने रोमाञ्चित बन्नुपर्ने अनेकौँ प्रसङ्ग छन् उहाँसँग । जोश र जाँगर अहिले पनि त्यत्तिकै छ, ४५ वर्ष पुरानो मधुमेहले बेलाबखत दुःख नदिँदो हो त सव्रिmय भएर लेख्न र कुद्न अझै उत्साह छ
नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ ।
काठमाडौँ, माघ १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिन्छ भन्नुभयो । राजर्षि जनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उहाँले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताउनुभयो ।प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।”विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिनुभयो ।विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइ अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्रीले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रम व्यवस्थित तुल्याउन सरकारकोतर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने उहाँको सचिवालयले जनाएको छ । मधेश प्रदेश ज्ञान विज्ञानको केन्द्र यसैगरी सम्बोधनमा प्रधानमन्त्री दाहालले मधेश प्रदेशलाई ज्ञान विज्ञानको केन्द्र भएको पनि बताउनुभयो । प्रधानमन्त्री दाहालले राजा जनकले ज्ञानी ऋषिमुनिहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “सङ्घीय संरचनाअन्तर्गत मधेस प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञानविज्ञानको केन्द्रका रूपमा विकास गर्ने सरकारको नीति छ ।” ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षि जनकका नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । विश्वविद्यालयको आवश्यकता र औचित्य बोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिबद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।” रासस
हेलम्बु गाउँपालिकाले १० वर्षभन्दा बढी पुरानो गाडीले पर्यटक प्रतिबन्ध लगाएको विज्ञप्ति निकालेको छ । माघ १७ गते हेलम्बु क्षेत्रको गुम्बा र पर्यटकीय स्थल भ्रमणमा आएको गाडी दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु भएपछि उक्त पालिकाले यस्तो विज्ञप्ति निकालेको हो ।
मानव शरीरको कुनै पनि भागमा अनियन्त्रित रूपमा कोषको वृद्धि हुनुलाई चिकित्सा भाषामा ट्युमर भनिन्छ । त्यसो भएर मस्तिष्कमा अनियन्त्रित रूपमा कोषिकाहरूको वृद्धि हुनुलाई ब्रेन ट्युमर भनिन्छ भने ‘मेलिग्नेन्ट’ खालको मस्तिष्कको ट्युमरचाहिँ मस्तिष्क क्यान्सर हो । कम हानिकारक ट्युमरलाई ‘बिनाइन’ र घातक खालको ट्युमरलाई ‘मेलिग्नेन्ट’ ट्युमरको कोटामा राखिन्छ । शरीरको अन्यत्र झैँ मस्तिष्कको हकमा पनि त्यही सिद्धान्त लागू हुन्छ । ‘बिनाइन’ छिट्टै नफैलिने खालको हुन्छ भने बिरलै मात्र क्यान्सरमा परिणत हुन्छ तर ‘मेलिग्नेट’ ट्युमर छिटो फैलिनुका साथै यसले अन्य गम्भीर समस्या पनि ल्याउँछ । मस्तिष्क कडा हड्डीभित्र सीमित ठाउँमा अवस्थित हुने भएकाले सानोभन्दा सानो ट्युमरले पनि अन्यत्रभन्दा जोखिम निम्त्याउँछ ।
महिला बेचबिखन तथा ओसारपसारको जोखिम कायम रहेको पाइएको छ । विगतमा महिलालाई भारतमा बेचबिखन तथा ओसारपसार हुँदै आएकोमा पछिल्लो समय बेचबिखन तथा ओसारपसारको माध्यम र स्वरूपमा परिवर्तन
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामले गति लिएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएसँगै यसले गति लिएको छ ।
क्याम्पाइलोब्याक्टरले बर्सेनि करोडौँ मान्छेलाई सङ्क्रमित पार्छ । गुलियनबारे सिन्ड्रोमसँग यसको सम्बन्ध हुन्छ । यस सिन्ड्रोमले न्युरोमस्क्युलर पारालाइसिस गराउँछ । यसले गर्दा कोही व्यक्ति सधैँका लागि थला पर्छन् । ई. कोली ‘०१५७:एच७’ ले खाना सङ्क्रमित भएर विशेष गरी बालबालिका बढी प्रभावित हुने गरेका छन् । यसले हेमोलेटिक युरेमिक सिन्ड्रम उत्पन्न गर्न सक्छ । यस सिन्ड्रमले मिर्गौला
बडिमास इन्डेक्स (बिएमआई)द्वारा मानिस मोटो, दुब्लो वा ठिक्कको निक्र्योल गरिन्छ । कुनै मानिसको तौल (किलोग्राममा)लाई उसको उचाइ (मिटरमा)को वर्गले भाग गरी बिएमआई निकालिन्छ । यसको सूत्र हो– kg/m2 । बिएमआई २५ भन्दा बढी भएमा मोटो भएको मानिन्छ । बिएमआई ३० भन्दा बढी भएमा अति मोटो अर्थात् ‘ओबेज’ भनिन्छ । अफ्रिका र एसियामा बयस्क व्यक्तिको औसत बिएमआई २२–२
सहिद सप्ताह बुधबारबाट सकिएको छ । देश तथा जनताको मुक्ति र अधिकारका लागि जीवन बलिदान गर्ने सहिदप्रति सम्मान गर्न देशैभर माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइएको थियो । नेपाली जनतालाई अधिकारसम्पन्न नागरिक बनाउँदै जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था एवं त्यसपछिका विभिन्न अधिकार प्राप्तिका आन्दोलन एवं लोकतान्त्रिक जनआन्दोलनमा प्राण आहुति गरेका वीर सपुतको योगदान स्मरण गर्दै सहिद सप्ताह मनाइएको थियो ।
इरानले कछुवा, मुसा र कीरा राखेर अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको छ । भविष्यमा अन्तरिक्षमा मानिस पठाउने तयारीस्वरूप उसले यी जीव राखेर अन्तरिक्षयान प्रक्षेपण गरेको हो। यो यानको नाम सलमान राखिएको छ। सलमान पृथ्वीबाट एक सय ३० किलोमिटरको उचाइमा रहेको कक्षसम्म गएको छ।
बाँके जिल्लामा क्रियाशील एक लघुवित्त संस्थाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत ११ लाख बढी रकम उपलब्ध गराएको छ ।
देवचुली नगरपालिका देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुरपूर्वमा रहेको छ । साबिकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविस समावेश गरी मन्त्रीपरिषद्को २०७१ साल वैशाख २५ को निर्णय अनुसार घोषित नगरपालिका २०७३ साल फागुन २७ को सरकारी निर्णयबाट साबिक रजहर गाविस समावेश भई गठन भएको हो । पूर्वमा महेन्द्र राजमार्गमा रहेको झरही खोला, पश्चिममा लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाइको देवचुली डाँडा र दक्षिणमा नारायणी नदीको चार सीमाभित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । देवचुली नगरपालिकामा २०७९ सालमा नेकपा (एमाले) का हरि न्यौपाने निर्वाचित हुनुभएको छ । गोरखापत्रका मीना कँडेलले नगर प्रमुख न्यौपानेसँग गर्नुभएको कुराकानी :
चालु आर्थिक वर्षको छ महिनामा कर्णालीमा कुष्ठरोगका २४ जना नयाँ बिरामी फेला परेका छन्। सुर्खेतस्थित साइनिङ अस्पताल आइएनएफमा आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेका हुन्। नयाँ बिरामीमध्ये सुर्खेतका सात जना छन्। दैलेख र जाजरकोटका तीन/तीन, सल्यानका दुई, कालीकोटका एक, बाँके र अछामका एक/एक तथा बर्दिया र रुपन्देहीका दुई/दुई जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन्। साइनिङ अस्पताल आइएनएफ सुर्खेतका कुष्ठरोग इन्चार्ज उदयनाथ योगीका अनुसार शङ्का लागेर जाँच गराउन आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेका हुन् । नयाँ बिरामी फेला परेपछि उपचारका लागि सम्बन्धित स्थानका स्वास्थ्य संस्थामा पठाइएको र जटिल खालकालाई मात्र साइनिङ अस्पतालमा राखेर उपचार गराइएको जनाइएको छ ।