सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सक्कल फाइल मगाउने आदेश गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झाले जागिर अवधिमा चार करोड ८७ हजारभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलासा भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौंले काठमाडौंमा देखिएको हैजाको रोकथाम तथा नियन्त्रणका लागि छानबिन समिति गठन गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस’ भन्ने बनाउने गरी काम गरिरहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका –७ मध्यबिन्दु टोलस्थित प्रेमबस्ती कभर्ड हलको शिलान्यस कार्यक्रममा बुधबार मेयर दाहालले सो कुरा बताउनुभयो ।
राष्ट्रियसभा बैठक स्थगित भएको छ । बुधबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ सङ्कट व्यवस्था विधेयक, २०७८ सभा समक्ष पेश गर्नुभएको थियो ।
प्रतिबन्ध विपरीत सर्लाहीको लखन्देही खोलामा अवैध उत्खनन बढेको छ । असारदेखि भदौसम्म तीन महिना नदीजन्य पदार्थको उत्खनन् गर्न नपाइनेगरी प्रतिबन्ध लगाइएको थियो । तर लखन्देही खोलामा खुलेयाम रुपमा उत्खनन भइरहेको स्थानीयको भनाई छ ।
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा विगतमा गरिएको मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन हुनुपर्नेमा छलफल भएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको सो बैठकमा मन्त्री हेरफेरफेरबारे तुरुन्त मन्त्रिमण्डलमा निर्णय गर्ने विषयमा विशेष जोड दिइएको साे पार्टीका नेता झलनाथ खनालले जानकारी दिनुभयो । यससँगै उहाँले छिट्टै नै पोलिट्ब्यूरो, केन्द्रीय समिति र केन्द्रीय परिषद्को बैठकको तयारीबारे छलफल भएको बताउनुभयो ।
बुधबार पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले बीमाको रकम नपाएको भन्दै असार २० गतेबाट बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका हुन् ।
बागलुङको बरेङ् गाउँपालिकाले स्थानीय रैथाने बालीको बीउ संरक्षणका लागि ‘बीज बैंक’ स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । रैथाले बाली लोप हुँदै गएपछि गाउँपालिकाले आगमी आर्थिक बर्षदेखि ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । बिउ जोगाउने अभियान हरेक वडामा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
सरकारले काठमाडौंका ५ देखि १२ वर्षमुनिका एक लाख ९० हजार बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ ।
औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामाग्रीको गोदाम गरेर नयाँ मूल्य राखी विक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा ४२ वर्षअघि सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएको करिब १२ बर्ष हुुनलाग्दा पनि सञ्चालनमा आउन नसक्दा कारखाना खण्डहर बन्दैगएको छ ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशीला गाउँपालिकाको नमूना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशीला १ होश्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो ।
धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नीति अवलम्बन गर्नेभएको छ । सो उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० बाट ‘हाम्रो धनगढी हामी बनाउँछौं’, नीतिलाई अभियानकै रुपमा अगाडि बढाउने नीति अबलम्बन गर्न लागिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आगामी निर्वाचनप्रति आफू लचक भएको बताउनुभएको छ । अछाम सदरमुकाम मंगलसेनमा भेटघाटको क्रममा पत्रकारसँग कुरा गर्दै आफूहरु संसदीय व्यवस्था र जनताको अवस्था परिवर्तनको पक्षमा रहेको भए पनि आगामी निर्वाचनमा लचक भएको भनाइ राख्नुभयो ।