अर्घाखाँचीकाे शीतगङ्गा नगरपालिका वडा नम्वर १४ करेचुलीमा मङ्गलबार जिप दुर्घटना भएकाे छ । अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर १४ बाट रूपन्देही जिल्लाकाे साल्झण्डीतर्फ जाँदै गरेकाे लु १ ज १९४८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएकाे हाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले अध्यक्षसहित १९ जना पदाधिकारीको विजेता टुङ्गो लगाएको छ । सोमबार राति नै गरिएको मत गणनामा चार जना सदस्यको मत बराबर भएका कारण दुई जना पुनः निर्वाचनबाट निर्वाचित गरिने एन्फा निर्वाचन समितिले जनाएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका ११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । ३३ करोड लागतमा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेपछि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग छोटो दुरीको सडक सञ्जालमा जोडिएको हो ।
जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मङ्गलबार बिहान सात वटा भन्दा बढी कुकुरले टोक्दा उहाँको अवस्था गम्भीर भएको छ । खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाईते हुनुभएको हो ।
पछिल्लो समय खस्किँदै गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ती विभिन्न्न स्थानीय तहले विद्यार्थी केन्द्रित कार्यक्रम बनाउन थालेका छन् । ६ वटा स्थानीय तह रहेको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउनका लागि दिवा खाजाको व्यवस्था गरेको छ ।
बाजुराको बूढीगङ्गा नदीमा पक्की पुल नहुँदा वर्षाको समयमा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ । नदीमा राखिने काठेपुल वर्षाका बेला बगाउने गरेकाले स्थानीय पीडित छन् । बूढीगङ्गा नगरपालिका–६ र त्रिवेणी नगरपालिका–८ को बूढीगङ्गा नदीमा हिउँदका बेला बर्सेनि काठेपुल राख्ने गरिएको छ । त्रिवेणी नगरपालिका–३ का दीपक भण्डारीले बूढीगङ्गा नदीमा पक्कीपुल नहुँदा वर्षाको समय यातायात सञ्चालनमा समस्या हुने गरेको बताउनुभयो ।
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई पदबहाली गरेसँगै बजेट निर्माणको चटारो थपिएको छ । अधिकांश स्थानीय तहमा नयाँ अनुहार आएका कारण बजेट निर्माण प्रक्रियामा केही जटिलता थपिने देखिएको छ ।
कुनै बेला होटल नै देख्न मुस्किल पर्ने गोलन्जोर गाउँपालिका–५, रतनचुरास्थित खनियाँखर्क यतिखेर होटलले भरिँदै गएको छ । जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको बीपी राजमार्गका कारण आम्दानीको राम्रो सम्भावना बढेपछि खनियाँखर्कमा होटल व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको छ । खनियाँखर्कमा होटल व्यवसाय गर्दै आउनुभएका व्यवसायी ताराबहादुर मगर खनियाँखर्कमा होटल व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ ।
घरेलु श्रमिक र मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकको वास्तविक कथा समेटेर तयार पारिएको ‘माहुरी’ पुस्तक सार्वजनिक भएको छ । तरङ्गिनी फाउन्डेसनले कम पारिश्रमिकमा धेरै मिहिनेत गरेर पनि आफ्नो भविष्य सुनिश्चित नहुने श्रममा जोडिएका महिलाको पीडालाई माहुरी पुस्तकमा सङ्कलन गरी बजारमा ल्याएको हो ।
आफ्नै तालुकदार मन्त्रीसँग भएको कुराकानीको अडियो सार्वजनिक गर्ने अध्यक्षलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा भएको नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री कार्कीले आवश्यक भए यस क्षेत्रको नीतिगत सुधार गर्न सरकार तत्पर रहेको पनि बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हज गर्न जाने मुस्लिम समुदायका हजयात्रीलाई सोमबार बिदाइ गर्नुभएको छ । उहाँले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिना जाने हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।
सात बजे घरबाट निस्किने तय भएको छ । चार बजे नै मेरो निन्द्रा खुल्छ । चाँडै उठेर के गर्ने ? ओछ्यानमा नै छु । उठ्दिनँ । निन्द्रा लागेको छैन । अल्छी लागेको छ । मनमा कुराहरू खेलिरहेका छन् । खुसी छु । धेरै दिनपछि उपत्यका छोड्ने मौका मिलेको । ताजा हावामा सास फेर्नुको आनन्द नै अर्कौ छ ।
सप्तरीको शम्भुनाथ मन्दिर परिसरमा सलहेश को विवाहमण्डप हुँदा पनि बरन्डामै विवाह गरिँदै आएको छ । प्रसिद्ध धार्मिक स्थल शम्भुनाथ मन्दिर परिसरभित्र सलहेश विवाहमण्डप बनाइएको वर्षौँ बितिसक्यो । यहाँ दैनिक रूपमा एकभन्दा बढी जोडीको विवाह हुने गरेको छ ।
असार ६ गते सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छन् । मन्त्री परिषदको बैठकको निर्णयलाई मंगलबार विहान सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सात वटा महत्वपुर्ण निर्णय गरिएको जानकारी दिनुभयो ।