इलामको जौबारीमा पहिलो पटक मेसीनबाट आलु रोपाइ सुरु गरिएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीले दुईवटा मेसिन खरिद गरी आलु रोप्न थालेको हो ।
काठमाडौँ टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु भएको छ ।
नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको बाँकी काम पुनः सुरु भएको छ ।
सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले लुम्बिनी प्रदेश पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि तीनै तहका सरकारको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भू–उपयोग नीति कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभएको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण आज राति पाँच वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ ।
प्रहरीले माल्टा पठाउने भनी छ लाख १८ हजार रुपियाँ ठगी गर्ने ३८ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको छ ।
केशचन्द्र पारावत् महाविहारको मिसा पुच:ले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि)को आयोजना गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिकाले दर्ता नभएका तथा मापदण्ड विपरीतका पसल व्यवसाय बन्द गराउन थालेको छ ।
जावलाखेल यूथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
मिडिया काउन्सिल विधेयकका विषयमा समाजवादी प्रेस सङ्गठन नेपालले ध्यानाकर्षण भएको बताएको छ ।
अचानक बिरामी हुनुभएका नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।