• १३ साउन २०८१, आइतबार

पूर्वमन्त्री नेम्वाङलाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो

blog

पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य नेम्वाङलाई काठमाडौँ लैजान हेलिकप्टरमा चढाइँदै। तस्बिर : चन्द्र

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १७ गते। अचानक बिरामी हुनुभएका नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ। एमाले जिल्ला कमिटी सचिवालय बैठकमा सहभागी हुनलाई ताप्लेजुङ आउनुभएका सांसद नेम्वाङलाई उपचारका लागि काठमाडौँ लगिएको हो।

बुधबार बिहान नेम्बाङको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएको थियो। उहाँको स्वास्थ्योपचारमा जिल्ला अस्पतालले सिटी स्क्यानसहित अन्य आवश्यकता औँल्याएपछि हेलिकप्टर झिकाएर थप उपचारका लागि काठमाडौँ लगिएको एमाले ताप्लेजुङले जनाएको छ। 

पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता नेम्वाङ नेकपा एमाले ताप्लेजुङ इन्चार्जको जिम्मेवारीमा रहनुभएको छ। उहाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसक्नुभएको छ। एमालेको जिल्ला अधिवेशन केन्द्रित सचिवालय बैठकमा सहभागी हुनलाई सांसद नेम्वाङ सहितका नेताहरू बुधबार बिहान ताप्लेजुङ आइपुग्नुभएको थियो।


 

यो पनि पढ्नुहोस