इलामको जौबारीमा पहिलो पटक मेसिनबाट आलु रोपाई सुरु गरिएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीले दुई वटा मेसिन खरिद गरी आलु रोप्न सुरु गरेको हो ।
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय सञ्चालनमा आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडी) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन शुल्जले शिष्टाचार भेट गर्नुभएको छ।
जबरजस्तीकरणी गरेको आरोपमा खोटाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।
नवलपुरका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कावासोती नगरपालिका प्रथम भएको छ ।
तानसेनमा ट्राफिक समस्यालाई समाधान गर्न प्रहरीले ‘जहाँ मार्किङ्, त्यहाँ पार्किङ्’ अभियान सुरु गरेको छ ।
नवलपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । जिल्लामा भएका ७० दुर्घटनामा २१ जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ । पाँचजना गम्भीर घाइते भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ ।
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।
झापाको कमल गाउँपालिकास्थित पाडाजुँगीमा अलपत्र बनेको आदिवासी रङ्गशाला निर्माणको काम पुनः अघि बढेको छ । एकदशक पछि रङ्गशाला निर्माणको काम अघि बढेको हो ।