• १५ मंसिर २०८१, शनिबार

कावासोती नगरपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम

blog

मीना कंडेल 

कावासोती, माघ १७ गते । नवलपुरका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कावासोती नगरपालिका प्रथम भएको छ । हालसम्म सार्वजनिक नतिजा अनुसार कावासोती नगरपालिकाले ९१.२५ अङ्क सहित प्रथम भएको हो । 

जिल्लाका सात वटा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहभागी भएकोमा कावासोती नगरपालिका प्रथम भएको र गण्डकी प्रदेशमा तेस्रो स्थानमा नगरपालिका परेको छ । आठ स्थानीय तह रहेको नवलपुरमा बौदिकाली गाउँपालिका बाहेक सात स्थानीय तहको सार्वजनिक भएको लिजमा गैँडाकोट नगरपालिका ८९ दशमलव २५ अङ्क सहित दोस्रो भएको छ। संस्थागत क्षमता स्वमूल्याङ्कनमा क्रमशः देवचुली नगरपालिकाले ८६ दशमलव ५० अङ्क, हुप्सेकोट गाउँपालिकाले ८० दशमलव ५०, मध्यविन्दु नगरपालिकाले ७८ दशमलव ७५, विनयी त्रिवेणीले ६७ दशमलव २५ र बुलिङटार गाउँपालिकाले ६५ दशमलव ५० अङ्क प्राप्त गरेका छन् ।

विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्याङ्कन गर्ने गर्छन् ।