सरकारको सफलता वा असफलता निजामती सेवाको कार्यशैलीसँग प्रत्यक्ष जोडिएको हुन्छ । निजामती सेवा सञ्चालनका लागि भने निजामती सेवा ऐनले निर्देश गरेको हुन्छ तर सङ्घीयता अनुकूलको यो ऐन अहिलेसम्म आउन सकेको छैन । यसै पनि सेवा प्रवाह र कार्यशैलीका कारण निजामती प्रशासन अकर्मण्य र परम्परागत भएको भनी यसले आलोचना खेप्दै आएको छ । हिउँदे अधिवेशनमा यो ऐन ल्याइने भनिएको छ । यो अधिवेशनले सङ्घीय निजामती सेवा ऐन ल्याउने आशा गर्न सकिन्छ ।
रेडियो नेपालले पाल्पाबाट एफएम रिले प्रसारण सुरु गरेको छ । पाल्पाको बगनासकाली–९, स्थित बगनास डाँडाबाट एफएम रिले स्टेसन स्थापना गरी रेडियो नेपालले प्रसारण सुरु गरेको हो ।
कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका प्राकृतिक सम्पदाले धनी पालिका हो । यो नगरपालिकामा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताललगायत पर्यटकीय क्षेत्र, वन सम्पदा र दर्जनौँ ताल छन् । यस्ता प्राकृतिक स्रोतको सदुपयोग गरेर मनग्गे आम्दानी बढाउन सक्ने सम्भावना रहेको छ । पालिकाभित्रका विभिन्न सामुदायिक वन, सहकारी संस्था र सामुदायिक विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आउनुभएका नेकपा (एकीकृत समाजवादी)
चार पालिका रहेको मनाङमा चामे गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामै उत्कृष्ट अङ्क प्राप्त गरेको छ ।
लामो समयदेखि साहित्यिक पत्रकारिता गर्दै आउनु भएका मोहन दुवाल सम्मानित हुनुभएको छ । हाम्रो सिर्जना साहित्यिक पत्रिकाले स्थापना गरेको शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित हुनुभएको हो ।
चललित्र काँडेतारको धनगढीमा विशेष च्यारिटी सो हुने भएको छ । सीमा रक्षाका क्रममा झडपमा परेर ज्यान गुमाएका सहिदका परिवार र घाइतेको सहयोगार्थ धनगढीमा विशेष च्यारिटी सो गर्न लागिएको हो । च्यारिटी सोबाट उठेको रकम सीमा रक्षार्थ ज्यान गुमाउनुभएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई हस्तान्तरण गर्ने निर्माता नवल खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हल खर्च तिरेर बाँकी रहेको सबै रकम म सहिद परिवारलाई हस्तान्तरण गर्छु, एक रुपियाँ पनि लिँदिनँ ।” सीमा जोगाउने क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो ।
देशभरका चलचित्र हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा माघ २२ गते हल सञ्चालकले देशभरका हल बन्द गर्ने भएका छन् । नेपाल चलचित्र सङ्घले अव्यावहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा उक्त दिन देशभरका हल बन्द गर्ने मङ्गलबार जारी विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । चलचित्र क्षेत्रले विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएका कारणले यस्तो कदम उठाउनु परेको सङ्घका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले बताउनुभयो ।
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर विराजमान गराइने भएको छ । करुणामय मत्स्येन्द्रनाथलाई छ महिना पाटनमा र छ महिना बुङ्मती राखिने चलन अनुसार शुभ साइत हेरेर पाटनको तःबहाल ल्याउन लागिएको हो । मत्स्येन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीका अनुसार बुधबार बिहानको शुभ साइत अनुसार साङ्केतिक रूपमा भगवान्लाई हल्लाएर दिउँसो खटमा बोकेर ल्याइने भएको छ ।
गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ ।
१. ट्रान्सपरेन्सी इन्टरनेसनलले २०८० माघ १६ (सन् २०२४ जनवरी ३०) मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? १०८ औँ १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल १०० मा ३५ अङ्क पाएर १०८ औँ स्थानमा रहेको छ । यसअघि ३४ अङ्कसहित १०० औँ स्थानमा थियो । २. सन् २०२४ जनवरीमा प्रदान गरिएको फिफा उत्कृष्ट पुरुष खेलाडीको सम्मान कसलाई प्रदान गरियो ? लियोनल मेसी
कर्मचारी समायोजनका आधार १. नेपाल व्यापार एकीकृत रणनीति, २०८० का प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस् । मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि व्यापारको भूमिका महत्वपूर्ण रहन्छ । नेपालका तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको उत्पादन, उत्पादकत्व र निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्यसहित व्यापार क्षेत्रको एकीकृत रणनीतिको चौथो शृङ्खलाका रूपमा नेपाल व्यापार एकीकृत रणनीति, २०८० तर्जुमा भएको छ । यस रणनीतिका प्रमुख विशेषताहरू निम्न छन् : नेपाल व्यापार एकीकृत रणनीति, २०८० का प्रमुख विशेषता
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
सामाजिक सुरक्षा कोष र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) बिच लगानीमा सहकार्य गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआइडिसिएलका अधिकृत अर्जुनप्रसाद गौतमबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला पाँच वस्तुको निर्यातमा भने वृद्धि भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) मा मुलुकबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूमा आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउड रहेका छन् । छ महिनामा स्वदेशी वस्तुको कुल निर्यात ७४ अर्ब ९६ करोड ८० लाख रुपियाँको निर्यात भएका बेला पाँच वटा वस्तुको निर्यात २३ अर्ब ७३ करोड १४ लाख रुपियाँ बराबरको भएको छ ।
सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्य (बिजनेस) व्यवस्थापनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन मन्त्रालयसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितसँग आउँदो अधिवेशनको बिजनेसबारे छलफल गर्नुभएको हो । यही माघ २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा पेस हुने विधेयकलगायतबारे प्रधानमन्त्रीले चासो राख्नुभएको हो ।