विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि धनगढीमा आजबाट चैतन्य स्टिम वर्कसप सुरु भएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईविरुद्ध चार करोड ४० लाख १५ हजार ९२५ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लीला डाँगी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वन विज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव रहेको छ । विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो ।
पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा ४ वटा मोटरेवल पुल निर्माण हुने भएको छ ।
प्रहरीले कतार पठाउने भनी दुई लाख ९० हजार रुपियाँ रकम ठगी गर्ने २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।
संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् ।
स्यापोरो वाटर वर्कस् ब्युरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौँको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको काम अलपत्र परेको छ । ठेकेदार पक्षले बेवास्ता गर्दा निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।
फाइनलमा नजरिन युथ क्लबलाई १–० गोलले हराउँदै सिरिजङ्गा च्याम्पियन बनेको हो । सिरिजङ्गाको जितमा योग थापाले खेल सुरु भएको दोस्रो मिनेटमै निर्णायक गोल गर्नुभएको थियो ।
नेपालगन्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ ।
व्यास नगरपालिका-१ जलदेवी चोक निवासी ६९ वर्षे भोजबहादुर दाहालको दैनिकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्ने गरेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नयाँ तथा सुविधासम्पन्न बन्दीगृह बनाउनेभन्दा अपराध गर्ने तथा बन्दी हुनुपर्ने अवस्था ल्याउन नदिन के गर्न सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताउनुभएको छ।
सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका जुनेश खड्काले जित्नुभएको छ ।