• ८ असार २०८१, शनिबार

नगर फुटबलमा सिरिजङ्गा च्याम्पियन

blog

उपाधिसहित सिरिजङ्गा टोली । तस्बिर : गोरखापत्र

हरि कोइराला 

उर्लाबारी, माघ १६ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेको नगर  खेलकुद महोत्सव २०८० अन्तर्गत फुटबल खेलको उपाधि  सिरिजङ्गा फुटबल क्लबले  जितेको छ ।

फाइनलमा नजरिन युथ क्लबलाई १–० गोलले हराउँदै सिरिजङ्गा च्याम्पियन बनेको हो । सिरिजङ्गाको जितमा योग थापाले खेल सुरु भएको दोस्रो मिनेटमै निर्णायक गोल गर्नुभएको थियो । प्रतियोगिताको उपाधिसँगै सिरिजङ्गाले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता नजरिन युथ क्लबले ५० हजार रुपियाँ पायो । 

फाइनलमा निर्णयक गोल गर्नुभएका संयोग म्यान अफ दि म्याच हुनुभयो । प्रतियोगितामा नजरिन युथ क्लबका बादल लिम्बूले गोल्डेन बल, सोही क्लबका रक्षक अभिषेक तामाङले गोल्डेन ग्लोब्स र सर्वाधिक चार गोल गर्ते कल्याण फुटबल क्लबका सुरज याक्खाले गोल्डेन बुट प्राप्त गर्नुभयो । माघ ७ गतेदेखि सुरु भएको प्रतियोगितामा १० क्लबले भाग लिएका थिए ।