झुटाे विवरण पेस गरी दोहोरो नागरिकता प्रमाणपत्र लिने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ पर्नेमा जिल्लाको भुम्लु गाउँपालिका–३ की ३९ वर्षीया सुनिता गिरी र ३६ वर्षीय राजु गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो ।
सरकारले आगामी दुई वर्षभित्र अर्थतन्त्रमा सूचना प्रविधिको योगदान दोब्बर बनाउने लक्ष्य राखेको छ । त्यसका लागि आवश्यक पूर्वाधार, नीतिगत र संरचनागत सुधारका काम पनि क्रमशः अगाडि बढाइएको सरकारले जनाएको छ ।
जिल्ला समन्वय समिती रुपन्देहीमा गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चापागाई २० मत ल्याइ विजयी हुनुभयो ।
स्थानीय अवरोध हटेपछि मर्स्याङ्दी कोरिडोरको उदिपुरदेखि मध्यमर्स्याङ्दी स्विचयार्डसम्मको प्रसारण लाइन अब एक महिनाभित्र तयार हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय विवाद समाधान गरी दोर्दी कोरिडोरका आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा ल्याउन लागेको हो ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ गत्तसैनामा शनिबार बेलुका जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
ठेक्का सम्झौताअनुसार रासायनिक मल नल्याउने पाँच कम्पनी कारबाहीमा परेका छन् । मल ढुवानीको जिम्मा पाएर पनि समयमा नल्याउने त्यस्ता कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गर्ने भएको हो ।
मनसुन भित्रिएसँगै दैनिकजसो पानी पर्ने क्रम झन् बढ्दै गएको छ । जल तथा मौसम पुर्वनुमान महाशाखाले दैनिक रुपमा मौसम सम्बन्धी सूचनाहरुको जानकारी गराउदै आएछ । यता महाशाखाको जलवायु शाखाले मापन गरेको दैनिक तथ्याङक अनुसार देसैभर सबैभन्दा धेरै पानी पर्ने क्षेत्रहरु मापन गरिएको छ ।
धनुषाको सबैला नगरपालिका–१२, उतिमपुरका एक अपाङ्गता भएका दम्पती भोक र दुधे बालक स्याहार्ने चिन्ताले पिरोलिएका छन् । ४४ वर्षीय इन्दल गडेरी र २५ वर्षीया कविताकुमारी पाल अपाङ्गता भएका दम्पती हुन् । इन्दलको खुट्टा अपाङ्गता छ भने कविता आँखाले देख्नुहुन्न । उहाँहरूको तीन महिनाको दुधे बालक छ । यो दम्पतीको घरमा चुलो छ, पकाउने भाँडाकुँडा छन् तर मुस्किलले कहिलेकाहीँ खाना पाक्छ । कसैले खाद्यान्न सहयोग गरे चुलो बल्छ नभए भोको पेट निदाउनुपर्ने बाध्यता छ ।
अन्तिम समयसम्म पनि भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको बिषयमा अडान लिइरहनु हुने भुटानी शरणार्थी मानव अधिकारवादी नेता डा. भम्पा राईको निधन भएको छ । दमकमा तीन दशक अघिदेखि निरन्तर रुपमा भुटानी शरणार्थीहरुलाई निशुल्क रुपमा जाँच तथा उपचार सेवा दिइ शरणागत जीवन बिताउदै आउनु भएका ७२ बर्षीय राईको शनिवार राती नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।
झापाको दमकमा फोहोरबाट ऊर्जा (ग्यास) उत्पादनको सफल परीक्षण भएको छ । दमकको फोहोर व्यवस्थापनसहित ग्यास उत्पादनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार शुक्रबार साँझ यहाँ उत्पादन भएको ग्यास बालेर पहिलो परीक्षण गरिएको हो । दमकबाट नियमित निस्कने फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले २० करोडभन्दा बढीको लागत परियोजनामा चार वर्षअघि काम सुरु भएको थियो ।
परापूर्वदेखि सामाजिक विकृतिको सिकार बन्दै आएका दलितहरू अझै सोही पीडाबाट गुज्रिरहेको पूर्वसहायक राज्यमन्त्री कलावतीदेवी पासवानले बताउनुभएको छ ।मतदाता नामावलीमा महिला, दलितलगायत सीमान्तकृत समुदायको पहँुच सुनिश्चिताका लागि सरोकारवालासँग शनिबार कलैयामा भएको कार्यक्रममा पासवानले यस्तो बताउनुभएको हो ।
अबिरल वर्षाका कारण सडक भासिएपछि डुम्रे–वेशीशहर सडक खण्ड अबरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ बलिफाँटमा पानीले खोतेलेर सडक भासिएपछि आइतबार बिहान ४ बजे देखि सडक अबरुद्ध भएको प्रहरी चौकी बाइसजङघारका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटबल– नारायणगढ सडक निर्माणले गति लिन सकेको छैन । सडक निर्माण कार्य पनि अलपत्र अवस्थामा पुगेको छ । तीन वर्षअघि सम्झौता भएर करिब ३४ महिनाअघिदेखि निर्माण कार्य सुरु भएको नारायणगढ–बुटवल सडकखण्ड निर्धारित मितिमा पूरा नहुने स्पष्ट छ । यही गतिमा निर्माण कार्य हुने हो भन्ने लक्ष्यअनुसार निर्माण (सन् २०२२ अर्थात् आगामी साउन २२) सम्ममा सडक निर्माण पूरा नहुने आयोजनाले स्वीकारेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष माग गरेको छ । आइतबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै मन्त्रालयले बार्ड अध्यक्षका लागि आवेदन माग गरेको छ ।
विगतमा भनसुनका साथ भर्ना गर्नुपर्ने पशुपतिस्थित सरकारी वृद्धाश्रममा अहिले सिट खाली छ । २३० जनाको दरबन्दी रहेको आश्रममा विगतमा तीन सय जनासम्म भर्ना भएका र अहिले ९९ जना मात्र आश्रममा छन् । तीमध्ये ६१ जना महिला छन् । अहिले १३१ जनाको सिट खाली छ ।