काठमाडौं महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको छ ।
हृदयघातका कारण उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
नेपाली सेनाले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका सञ्चारकर्मीहरूलाई संयुक्त रूपमा रक्षा संवाददाता सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्न सुरु गरिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ ।
मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए ।
विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ ।
‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।
सहिद दिवसको अवसरमा दशरथचन्द स्मृति प्रतिष्ठानले बैतडीका तीन जना युवा समाजसेवी सम्मानित भएका छन् ।
तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।
दुग्ध उत्पादक किसानलाई सरकारले दिँदै आएको अनुदानमा कटौती गरेपछि किसान आन्दोलित बनेका छन् ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गर्नुभएको छ ।
रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका-३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।