हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई/चार सपुत मरेर नगए ।’ कविताका यी हरफ कवि भूपि शेरचनका हुन् । मुलुक बन्नका निम्ति वीर सपुतले जीवन उत्सर्ग गरेकै हुनु पर्छ । हाम्रो प्यारो देशलाई यहाँसम्म ल्याइपुर्याउनका लागि नेपाल आमाका असल तथा आँटी छोराछोरीले आफ्नो बहुमूल्य जीवन उत्सर्ग गर्दै आएका छन् । देश र जनताको हितखातिर मृत्युवरण गर्ने व्यक्तिलाई सहिद भनिन्छ । अर्थात् देश र जनताको अधिकार र स्वतन्त्रताका लागि प्राण आहुति दिनेलाई सहिद भनिन्छ । तिनै सहिदको सम्मान र सम्झनामा हरेक वर्ष माघ १६ मा सहिद दिवस मनाइन्छ । सहिद ती हुन्; जसको नाम लिँदा नै श्रद्धाले शिर झुक्छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्नुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदको बलिदानको प्रतिफल भएको बताउनुभएको छ ।
नेपाली राजनीतिको ऐतिहासिक पाटोको विश्लेषण तथा यसको मान्यता र पद्धतिको पैरवी गर्दै आएका छौँ । राष्ट्रको स्वाभिमान र जनताको उन्मुक्तिको अभियानमा इतिहासका विभिन्न कालखण्डमा सपुतले दिएको योगदान स्मरणीय हुन्छ । यही योगदानलाई हरेक वर्ष स्मरण गर्न हामी सहिद दिवस मनाउँछौँ । १०४ वर्षीय निरङ्कुश राणा शासनको क्रुर हुकुमी शासनका विरुद्धमा नेपाली जनताले विद्रोह गरे । प्रजातन्त्रका स्वप्निल पक्षलाई उजागर गरे । आफ्नो प्राणको आहुति दिए । देश र जनताका लागि आफ्नो प्राण आहुति दिने तिनै सहिदप्रति उच्च सम्मान प्रकट गर्ने दिन हो आज ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताउनुभएको छ । शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले त्यसो गर्न सके मात्रै शहीदहरुले दिनुभएको बलिदानका कदर हुने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताउनुभएको छ ।
देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।
अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । अक्षरमार्गको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने सर्जकलाई सम्मान गरिएको हो । काभ्रेको पनौतीमा आयोजित सम्मान समर्पण तथा पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । त्यस्तै विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कलाकार केके कर्माचार्यलाई सम्मानित गरिएको छ । यस्तै वरिष्ठ कथाकार सनत रेग्मीलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ ।
कलाकारले वस्तु तथा सेवाको विज्ञापनमा अभिनय गर्दा प्रचलित ऐन, कानुन र सामाजिक दायित्वप्रति पनि सजग हुनुपर्नेमा जोड दिइएको छ । विज्ञापन बोर्ड र नेपाल कलाकार सङ्घको संयोजनमा विज्ञापन बोर्डद्वारा सोमबार राजधानीमा आयोजित विज्ञापनमा कलाकारको भूमिका विषयक छलफल कार्यक्रममा विज्ञापनले समाजलाई बिगार्ने काम गर्न नहुने बताइयो । कार्यक्रममा विभिन्न कम्पनी तथा उद्योगले उत्पादन गरेका वस्तु तथा सेवाको प्रचारका लागि गरिने विज्ञापनले कानुन उल्लङ्घन गरेमा कारबाही हुने, समाजमा गलत सन्देश जानेप्रति सचेत रहन पनि आग्रह गरिएको छ ।
खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान अहिले अलैँची खेतीतर्फ लागेका छन् । अरुण गाउँपालिका–२, चम्पेका गुणराज राईले यस वर्ष सात मन प्रतिमन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेच्नुभयो तर मूल्य बढेर अहिले प्रतिमन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । सहिद दिवस, २०८० को अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ, “सहिदको बलिदानद्वारा हामीले आफ्नो संविधान आफैँ बनाएका छौँ । सर्वोत्कृष्ट शासन प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएका छौंँ ।” उहाँले सहिदको आकाङ्क्षालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न यस दिवसले थप प्रेरित गरोस् भन्ने पनि कामनासमेत गर्नुभएको छ ।
हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले एएफपीलाई बताएको छ ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ ।
हेटौँडा–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ ।