• १३ असोज २०८१, आइतबार

आर्मीका खड्कालाई व्यास अल्ट्रा म्याराथन उपाधि

blog

विजेता त्रिभुवन आर्मीका जुनेश खड्का । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, माघ १६ गते । सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका जुनेश खड्काले जित्नुभएको छ । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित सातौँ म्याराथनको उपाधि तीन घण्टा १८  सेकेन्डमा पार गर्दै खड्काले जित्नुभएको हो ।

म्याराथनमा बैतडीका मोहनदेव जोशी तीन घण्टा दुई मिनेटमा ३३ सेकेन्डमा पूरा गरी दोस्रो हुनुभयो । काठमाडौँ निवासी करण रावल तेस्रो हुनुभयो  । रावलले सो दूरी तीन घण्टा १० मिनेट १० सेकेण्डमा पार गर्नुभयो । 

प्रतियोगितामा आर्मीका राजन मेयोङ्वाले तीन घण्टा १७ मिनेट २४ सेकेण्डमा पूरा गर्दै चौथो र आर्मीकै प्रताप खड्काले तीन घण्टा १९ मिनेटमा पार गरी पाँचौँ हुनुभयो । म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैँचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेंसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो । 

दुई विदेशीसहित एक सय १७ जना धावकको सहभागिता थियो । विजेतालाई ८५ हजार ८०, दोस्रोलाई ६४ हजार ८०, तेस्रोलाई ५५ हजार ८० र पाँच जनालाई सान्त्वना पुरस्कारस्वरुप १६ हजार ८० रुपियाँ पुरस्कार प्रदान गरिएको नगर खेलकुद विकास समितिका सदस्यसचिव नवीन पराजुलीले जानकारी दिनुभयो । ‘

पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने नाराका साथ गरिएको प्रतियोगिताको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले उद्घाटन गर्नुभएको थियो ।