काठमाडौं, माघ १६ गते । प्रहरीले कतार पठाउने भनी दुई लाख ९० हजार रुपियाँ रकम ठगी गर्ने २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिराहाका विष्णुपुर गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नंं. ४ इमाडोल बस्ने साहलाई पक्राउ गरेको छ ।
साहले कतार जान प्रतिव्यक्ति दुई लाख ९० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक कम्पनीमा मासिक तलब ४५ लाख रुपियाँ हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ ।