अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् ।
नेपालमा ३० टनभन्दा बढी भार बोक्न पाइँदैन । सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालवाहक सवारीसाधनले भने दोब्बर बढी भार बोक्ने गरेको पाइएको छ । भारतबाट आउने ठुला मालवाहक सवारीसाधनले ९६ टनसम्म भार बोकेर नेपाल भित्रिइरहेको भन्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिले प्रशासनको ध्यानाकर्षण गराएको छ ।
रुपन्देहीको सियारी गाउँपालिका–१ र ७ मा अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुपन्देहीको आयोजना एवं सियारी गाउँपालिकाको समन्वय तथा सहजीकरणमा १७ जनालाई लालपुर्जा वितरण गरिएको हो ।
राप्तीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मत नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित बाँसखोली–भवानियापुर जोड्ने झोलुङ्गे पुलमा २०७९ साल असोजमा आएको बाढीले क्षति पुर्याएको थियो । सो पुलको अझैसम्म मर्मतसम्भार गरिएको छैन । झोलुङ्गे पुलमा क्षति पुगेको एक वर्ष बितिसक्दा पनि मर्मत गर्न बेवास्ता गरिएको आरोप स्थानीय बासिन्दाको छ ।
कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
अहिले उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री सेल्सियसभन्दा कम छ । यस्तो ठिहीमा अभिभावकसँगै बेँसी झरेका बालबालिका घुम्ती विद्यालयमा छन् । कात्तिकमा बेँसी झरेका घुम्ती विद्यालय वैशाखमा मात्रै फर्कन्छन् । तिब्बतसँग सीमा जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सबै विद्यालय अहिले बेँसीमा सारिएका हुन् । लोघेकर–२ को घमी आधारभूत विद्यालयले भने दुई महिना बिदा गरेको छ । तल्लो मुस्ताङका घरपझोङ, थासाङ र बारगुङ मुक्तिक्षेत्र गाउँपालिकाका सबै विद्यालयले पुस र माघ बिदा दिने गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।
चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् ।
नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशिने क्रम बढे पनि काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) मा पछिल्लो दुई वर्षदेखि विद्यार्थी भर्नादरमा वृद्धि भएको छ ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका–९ का २० युवा विभिन्न मुद्दामा जेलमा बन्दी जीवन बिताइरहेका छन् । नलगाड–९, घरङ्गा, बाँसकोट र ताँत्रा गाउँका २० युवा अफिम खेती वा ओसारपसार गर्नेसम्बन्धी कसुरमा जेल परेका हुन् । आर्थिक प्रलोभनमा अपरिचित व्यक्तिको अफिम ओसारपसार गर्दा उनीहरू जेल परेका हुन् । ती युवालाई तीन वर्षदेखि १० वर्षसम्मको कैद सजाय तोकिएको पाइएको छ । तिनमा १२ जना भारतीय कारागार र पाँच जना जाजरकोट कारागारमा छन् । सुर्खेत, बाँके र काठमाडौँ कारागारमा एक/एक जना छन् ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–७ को साँख गाउँको बिचमा रहेको छ, सुन्दर साँखदह । दहले छुट्याएको छ माथिगाउँ र तलिगाउँ । यस वर्ष माथिगाउँले तलिगाउँसँग दुलही माग्यो र विहेवारी भयो ।
विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै सरकारले सहज नीति अख्तियार गरेपछि २०५८ सालमा दूरसञ्चार सेवाका क्षेत्रमा भित्रिएको निजी कम्पनी आजियाटा (एनसेल) प्रारम्भिक कालदेखि नै विवादमा मुछिँदै आएको छ । दूरसञ्चारका क्षेत्रमा सेवा प्रवाह गर्न भित्रिएको अन्तर्राष्ट्रिय संस्थाको लगानी रहेको कम्पनी कहिले सेयर बिक्री मूल्यको विषयलाई लिएर, कहिले लाभकर छलीको विषयलाई लिएर त कहिले फ्रिक्वेन्सी तथा स्थापित मूल्य मान्यता र नीतिगत कुराको अ
विकास र समृद्धिको प्रमुख आधार प्राकृतिक स्रोत तथा सम्पदाहरू हुन् । प्रकृतिले आफ्ना सतह, भूगर्भ र पर्यावरणमा निःशुल्क रूपमा दिएका उपहार नै कुनै पनि मुलुकको दिगो विकास, प्रगति र खुसीका आधार हुन् तर ती स्रोतहरूले आफैँ उपयोगिता सिर्जना गर्न सक्दैनन्, उपयुक्त व्यवस्थापन, संरक्षण र उपयोग गरेर नै स्रोतले उपयोगिताको सिर्जना गर्छ । नेपाल प्राकृतिक स्रोत सम्पदा प्रचुर भएको मुलुक हो । कतिपय मुलुकले उपलब्ध स्रोत सम्पदाको उपयोग गरिसक्दा हाम्रा सबै जसो प्राकृतिक स्रोत अहिले पनि पवित्र छन्, जसले विकास र समृद्धिको ठुलो सम्भावना बोकिरहेको छ ।
तम्घासमा बाँदर र बदेलले दुःख दिएपछि स्थानीयहरुले रुख कटान गर्न सुरु गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले निजी जग्गामा रहेका कुकाठ, बाँस, सल्ला, खरीलगायत झाडी फडानी गरेको वडा कार्यालयले जनाएको छ ।