• ४ जेठ २०८१, शुक्रबार

अफगानिस्तानमा ७५ लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

blog

अफगानिस्तान, माघ १७ गते । अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष निका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् ।

देशको जनस्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । सोमवारबाट सुरु भएको चारदिने पोलियो विरुद्धको अभियानमा २१ प्रदेशका २३३ जिल्लाका पाँच वर्षमुनिका सात लाख ८० हजार ८५ बालबालिकालाई खोप लगाइने बताइएको छ ।

यो रोग उन्मूलन गर्ने अभियान एक महिनाअघि युद्धग्रस्त देशमा डिसेम्बर २९ मा सुरु गरिएको थियो । जसमा पाँच वर्षमुनिका झण्डै ७५ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइएको थियो ।

अफगानिस्तानमा २०२३ मा ६ पोलियोका पोजिटिभ केसहरू दर्ता भएका छन् । हालसम्म कुनै पनि तथ्याङ्क जारी गरिएको छैन भने यो वर्षमा पोलियोका पोजिटिभ केसहरू फेला परेको पुष्टि भएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय बाल आपत्कालीन कोषका अनुसार अफगानिस्तान र पाकिस्तान मात्र विश्वमा पोलियोको महामारीबाट ग्रस्त राष्ट्रहरू हुन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल