बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोलले हरायो ।
बाजुरामा लामो समयपछि वर्षासँगै हिमपात भएको छ । हिजो राति बूढीनन्दा, हिमाली, जगनाथ, स्वामिकार्तिक लगायतका स्थानीय तहमा लामो समयपछि वर्षासँगै हिमपात सुरु भएको हो ।
खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ ।
आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालमा प्रदर्शनीका लागि उपयुक्त स्थान नभएको गुनासो रहेकाले उपयुक्त प्रदर्शनीस्थल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो।
भारत र चीनसँग सीमा जोडिएको कोशी प्रदेशमा शान्ति सुरक्षा, सीमा अतिक्रमण, सीमा अपराध नियन्त्रण, सीमा इलाका र सीमा स्तम्भहरूको रेखदेख तथा राजश्व सङ्कलन, चोरी, अवैध निकासी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) निर्माण कार्यले गति लिएको छ ।
श्रीलङ्काको मुद्रास्फीति जनवरीमा बढेर छ दशमलव चार प्रतिशत पुगेको छ । सन् २०२३ को डिसेम्बरमा मुद्रास्फीति चार प्रतिशत रहेको जनगणना तथा तथ्याङ्क विभाग (डिसिएस) ले बुधबार जनाएको छ ।
इजरायलले घेरामा हालेको प्यालेस्टिनी क्षेत्रमा आफ्ना आक्रमणलाई जारी राखेकाले गाजामा प्रस्तावित युद्धविरामबारे छलफल गर्न हमासका नेता बिहीबार कायरो आइपुग्नुहुने अपेक्षा गरिएको थियो ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियाेगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ ।
हिमपातले भूकम्प पीडितको जनजीवन थप कष्टकर बनेको छ । भूकम्पले घर भत्काएपछि अहिले केही पीडितहरू अस्थायी आवासमा र केही पीडितहरू त्रिपालमै बस्दै आएका छन् ।
विशेषज्ञ सेवासहितको निःशुल्क नमुना उपचार सेवा प्रदान गर्दै आएको अस्पतालको बजेट कटौती गरेपछि यहाँका अछाम, बाजुरा, डोटी र कालीकोट लगायतका नागरिकको स्वास्थ्य उपचार प्रभावित भएको हो ।
युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ६ सयभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
वरिष्ठ चरा चित्रकार चराविज्ञ हेम पौडेलको निधन भएको छ। अल्जाइमर, मुटु तथा मिर्गौला रोगले पीडित पौडेलको गङ्गालाल अस्पतालमा बुधबार साँझ उपचारको क्रममा निधन भएको हो।