मानव अधिकार विश्वव्यापी सरोकार र चासो भएको संवेदनशील विषय हो । प्रत्येक मानिससँग जोडिएका जन्मसिद्ध अधिकारको सुरक्षा हुनुपर्दछ भन्ने यसको मर्म हो । मानव अधिकारमा मूलतः तीन विषय अन्तरसम्बन्धित रहेका हुन्छन् । पहिलो, अधिकार प्राकृतिक हुनुपर्दछ । दोस्रो, त्यस्तो अधिकार सबैलाई बराबर हुनुपर्दछ । तेस्रो, त्यस्तो अधिकार विश्वव्यापी हुनुपर्दछ । यसर्थ मानव भएबापत पृथ्वीका सबै मानिसले समान ढङ्गले पाउने अधिकार मानव अधिकार हो ।
पौडीबाज गौरिका सिंह र ब्याडमिन्टन स्टार प्रिन्स दाहालले एनओसी अवार्ड जित्नुभएको छ । नेपाल ओलम्पिक कमिटीले (एनओसी) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२२ का अवसरमा बिहीबार महिलातर्फ गौरिका र पुरुषमा प्रिन्सलाई एनओसी अवार्ड प्रदान गरेको हो ।
काठमाडौं, असार ९ गते । लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले आज त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिनुभएको थियो । प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानका रूपमा रहेको सिरियाको माउण्ट हर्मन इलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्रसङ्घको विश्वसनीयता बढाएकामा शान्ति सैनिकलाई धन्यवाद दिनुभयो । निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मासहितको टोलीले सिरियाका सैनिक अधिकृत तथा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।
भक्तपुर, असार ९ गते। पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गर्नुभएको छ। बिजुक्छेलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गर्नुभएको हो। बिजुक्छेकी पत्नी शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर रोग निवारण संस्थामा बुधबार निधन भएको थियो। रासस
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू भेटिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यावसायिक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो ।
नेपाल–भारत रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ भारतको सङ्घीय राजधानी नयाँदिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको छ । ठूलो सँख्यामा धार्मिक पर्यटकसहित रेल जनकपुरधाम आउँदा विभिन्न ठाउँमा भव्य स्वागत गरिएको छ ।
काठमाडौं, असार ९ गते। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घटाइने संकेत गर्नुभएको छ। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्नुहुँदै मन्त्री बडूले करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने बताउनुभएको हो। बिहीबारको प्रतिनिधिसभा बैठकमा यो विषयमा प्रतिनिधिसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएपछि उहाँले यस्तो बताउनुभएको हो। उहाँले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकारसँग रहेको बताउनुभयो।“पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। मूल्यकाे समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ। कर समायोजन गरेर भए पनि मूल्य घटाउनेतर्फ संसदमा कुरा उठेकाे छ। त्यसको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो।मन्त्री बडूले यसबाहेक विद्युतको खपत बढाउने अर्को विकल्प रहेको र त्यो कामलाई सरकारले प्राथमिकता दिएको धारणा राख्नुभयो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारीबाट युवाहरु निर्वाचन जित्नु राम्रो भएपनि त्यसलाई समग्र सत्यको रुपमा लिन नहुने बताउनुभएको छ । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले विहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
काठमाडौं, असार ९ गते । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव-२०७९’ मा सुनसरीका टीका आत्रेय प्रथम हुनुभएको छ । उहाँको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिनुभयो । त्यसैगरी धादिङका यात्रीप्रकाश पाण्डे द्वितीय हुनुभएको छ । उहाँको ‘आगोमा फुलेको देश’ शीर्षकको कविताले द्वितीय पुरस्कार पाएको हो । भक्तपुरका सीता तुम्खेवा ‘चरिसो फूल’, सुनसरीकै किरन सिवा ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसी ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कवितासहित तृतीय हुनुभएको छ ।
काठमाडौं, असार ९ गते। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनको अडियोबारे छानबिन भइरहेको बताउनुभएको छ। केही दिनअघि जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेन कुराकानीको अडियो सार्वजनिक भएको थियो। त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिनै गठन गरिएको स्पष्ट पार्नुभयो। बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले न्यायालय सुधारका लागि सरकारले अभियाननै संचालन गरिएको दाबी गर्नुभयो। न्यायाधीशको नियुक्ती नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगती बढ्दै गएको उल्लेख गर्नुहुँदै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, ‘‘विगत केही समयदेखि यतिधेरै न्यायालयप्रतिको आस्था गिर्दै गएको छ। जुन अडियो बाहिर सार्वजनिक भएको छ। त्यसको सत्यतथ्य खोजबिन गर्दैछौं। कति ठिक, कति बेठिक भनेर छानबिन गर्न समितिनै गठन गरिएको छ। न्यायालय भित्र विकृति र विसंगती छन्। त्यसविरुद्ध आन्दोलन पनि भयो। त्यसलाई सुधार गर्नका लागि अभियाननै संचालन गरिएको छ। त्यसको सुरुवात नियुक्तीबाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ।’’मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दो आस्थालाई जोगाउन सरकार लागि परेकोसमेत बताउनुभयो।
काठमाडौं, असार ९ गते। विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत नियुक्त हुनुभएको छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई मन्त्रिपरिषद्को सिफारिस अनुसार चीनका लागि राजदूत नियुक्त गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गर्नुभएको विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पठन संस्कृति बढाउन उपयुक्त माध्यमका रुपमा पुस्तकालयलाई विकास गर्दै लानुपर्ने बताउनुभएको छ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गर्नुभएको हो।
सुदूरपश्चिम प्रदेशको लागि अन्न भण्डार मानिने तराईमा किसानले रोपाइँ सुरु गरेका छन् । रोपाइँका लागि पर्याप्त हुने पानी नपर्दा पनि अन्य उपाय गरी कैलाली, कञ्चनपुरका किसानले रोपाइँ सुरु गरेका हुन । यो प्रदेशमा अझै मनसुन आइपुगेको छैन । तर, ब्याड तयार भएपछि किसानले रोपाइँ गर्न थालेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ।