अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तात्कालीन प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध एक करोड ६६ लाख ब रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार भने सामान्य अङ्कले वृद्धि भएको छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु नहुने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उदघाटन गर्दै मन्त्री दाहालले सो कुरा बताउनुभयो ।
काठमाडौं, असार १० गते। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ। नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्नुहुँदै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो। शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढ्न पनि निजी क्षेत्रलाई सचेत गराउनुभयो।नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताउनुभयो। त्यसका लागि सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने र त्यसका लागि निजी क्षेत्रले गर्दा हुने उहाँले बताउनुभयो। राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रबाट नेपालमा ठूलो आर्थिक गतिविधि हुने भएकाले यसमा लगानी गर्नेको भविष्य राम्रो रहेको दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाल उच्च शिक्षाको एउटा हब हुनसक्छ। उच्च शिक्षामा लगानी गरेर एउटा ठूलो आर्थिक गतिविधि गर्न सकिन्छ भन्ने त्यो चीजमा सबै लागौं।’’नेपाललाई ११ वटा विश्वविद्यालयले नपुग्ने उहाँको भनाइ छ। ‘‘हाम्रो मुलुकलाई ११ वटा विश्वविद्यालयले पुग्नेवाला छैन। अर्को २५ वटा विश्वविद्यालय चाहिन्छ भने बरु सरकारले एउटा आधारमा कस्तो विश्वविद्यालय हुने, त्यसका पूर्वाधार के चाहिन्छ ? कस्तो किसिमका संस्थालाई हामीले विश्वविद्यालय दिने हो ? यी सबै कुरा भए शिक्षाको भविष्य छ। शिक्षा र स्वास्थ्यलाई पूरा व्यापार मात्रै नठानेर सेवामूलक व्यवसाय गर्छ भनेर लाग्नुस्’’, उहाँले भन्नुभयो। राज्यमन्त्री श्रेष्ठले ठूलो लगानी शिक्षा आर्जनका लागि विदेशिन नदिन सरकारले नेपाललाई शिक्षाको हब बनाउने नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न लागेको पनि बताउनुभयो। चार दिनसम्म चल्ने सो फेयरमा उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक सन्दर्भ सामग्रीबारे एकै थलोमा बसेर जानकारी पाउने व्यवस्था मिलाइएको बताउनुभएको छ।
अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखापरीक्षकहरुबाट हुनुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताउनुभएको हो ।
भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु नझुक्ने बताउनुभएको छ ।
कैलालीमा सात गोरुगाडासहित ३० थान सालको गोलिया बरामद भएको छ । बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाबाट शुक्रबार बिहान गोरुगाडामा लोड गरेर ल्याउँदै गरेको २१९.९० क्युफिट काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ ।
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठकमा समयमै उपस्थित हुन मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ ।
काठमाडौं, असार १० गते । नेपाली चलचित्र 'घनचक्कर' आज शुक्रबारदेखि प्रदर्शनीमा आएको छ । सौगात मल्ल, सरोज खनाल, सलोन बस्नेत, शिशिर भण्डारी, कस्मिरा लामा, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो ।चलचित्रलाई सुसन प्रजापतिले छायाङ्कन गर्नुभएको हो र अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको सङ्गीत, अर्जुन सिंहको कथा र काजी लिम्बूको पटकथा–संवादमा फिल्म निर्माण भएको छ ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को लागि चालु आ.व.को भन्दा झण्डै २३ करोड रुपियाँ बढीको आयब्यय अनुमानित बजेट ल्याउने भएको हो ।
भारतले चिनी निर्यातमा रोक लगाएपछि दैनिक सयौं क्विन्टल अवैध चिनी नेपालगञ्ज भित्रिनेगरेको पाइएको छ । राजश्व छली गरेर ठूलो मात्रामा नेपाल भित्रिएको चिनी प्रहरीले पटक पटक बरामद गर्दै आएपछि यस नाकाबाट चिनी तस्करी बढेको पुष्टि भएको हो ।
अर्घाखाँचीको मुख्य गोरुसिङ्गे–सन्धिखर्क सडक मर्मत हुन नसक्दा बेहाल अवस्था भएको छ । समयमै मर्मत हुन नसक्दा यात्रुलाई यात्रा गर्न सास्ती भएको स्थानीयको भनाई छ ।