झम्सिखेल युथ क्लबको आयोजनामा यही माघ २० गते ‘पाँचौ झम्सिखेल सडक महोत्सव २०८०’ हुने भएको छ।
काठमाडौँ उपत्यकामा बिहीबार अपराह्न छिटफुट वर्षा भएको छ । काठमाडौँ र ललितपुरका अधिकांश स्थानमा छिटफुट वर्षा भएको मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चार महिनापछि पश्चिम नेपालको तराईमा वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हिमपात भएको छ भने तराई क्षेत्रमा वर्षा भएको हो ।
प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रसहित दश जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय सभा, प्रत्याजित व्यवस्थापन समितिले ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०८० माथि दफावार छलफल गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक रहेको बताउनुभएको छ ।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।
विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरुपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ ।
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई बागलुङका कृष्णप्रसाद पौडेलले गलत साबित गर्नुभएको छ । पौडेल व्यावसायिक पशुपालनबाट वार्षिक एक करोड रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ-घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने बिहुँ गाउँका घर-गोठ छुट्याउनै कठिन हुन्छ ।
झापाको दमकमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राईले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खानेपानीका लागि लामो समयदेखि समस्या झेल्दै आएका सिन्धुलीको कमलमाई नगरपालिका–४ का २८ दलित घर परिवारले खानेपानी सङ्कलनका लागि बिहीबार हिलटप ट्याङ्की पाएका छन् ।
मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई सहरी क्षेत्रसँग आवतजावत गर्न जिवाखोलामा पुल निर्माण भएपछि खुसी भएका छन् ।
सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गराएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्व प्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताउनुभएको छ ।