• १४ मंसिर २०८१, शुक्रबार

कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिका निष्ठा र त्यागको प्रतिमूर्ति : उपप्रधानमन्त्री खड्का

blog

तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का ।

ललितपुर, माघ १८ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्व प्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताउनुभएको छ ।

ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन देश, देशको  माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधैँ प्रेरणाको श्रोत भएको बताउनुभयो । 

उहाँले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै उहाँ सँगको सामीप्यमा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गर्नुभयो । सरकारले खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले नेपाली खेलाडीले देशको शिर विश्वमा उच्च बनाएको बताउनुभयो । उहाँले सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै खेल प्रतियोगिताको अवधिमा खेल भावनाका साथ अनुशासित र मर्यादित हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘सन्तनेता कृष्णप्रसाद भट्टराईलाई समर्पण, त्याग, सत्याग्रहको मूर्ति, देश जनताप्रति निष्ठाभाव, समर्पण भावले राजनीतिमा लाग्ने राजनीतिकर्मीले कसरी आफ्नो जीवनलाई अघि बढाउँछ भन्नेकुराको उपमा, एउटा प्रेरणा र प्रतीकको रूपमा सिङ्गो आफ्नो जीवनलाई देश र जनताकाप्रति अर्पण गरेर आज आफ्नो जीवनपर्यन्त पनि ती सबै गुणहरूबाट राजनीति गर्नेलाई खेलाडीलाई, खेलप्रेमीलाई विभिन्न व्यवसाय विधामा जीवन बिताउनेलाई सबैखालको प्रेरणा दिइराख्ने अतुलनीय व्यक्तित्व हुनुहुन्थ्यो ।’  

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी रहेका छन् ।

यो पनि पढ्नुहोस

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते सुरु