जुम्लाको तिला गाउँपालिका ३ मा हाइड्रोपोनिक प्रविधिबाट पशुवस्तुहरुलाई घाँस र चारो उत्पादन शुरु गरिएको छ । जिल्लाको तिला गाउँपालिका ३ मा महिलाहरुद्धारा स्थापित हिमाली महिला तथा वचत ऋण सहकारी संस्थाले पशु बस्तुका लागि हाईड्रोपोनिक प्रविधिबाट घास तथा चारो उत्पादन ग।िएको हो ।
गुल्मीको छत्रकोट गाउँपालिकाले नयाँ अत्याधुनिक प्रशासकीय भवन बनाउने भएको छ । यस गाउँपालिकाको वडा नम्बर–३, भेँडुवामा अत्याधुनिक प्रशासकीय भवन निर्माण हुन लागेको हो ।
पूर्व–पश्चिम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित सुना देवी मन्दिर अगाडि ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
अस्पताल निर्माणको जिम्मेवारी लिएर पेस्की रकम लिएका ठेकेदार सम्पर्कविहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेको छ । सम्बन्धित निकायले ठेकेदारलाई ताकेता नगर्दा उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं २ डाङ्सिनटारस्थित अस्पताल भवनको निर्माण कार्य बिचैमा अलपत्र छ ।
विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हाल्नुभएको छ । उहाँ दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ ।
सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो ।
बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठ्नुभयो र हर्षित हुँदै धन्यवाद व्यक्त गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा अग्निदहमा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो ।
पृथ्वी, मानव, जलचर जीव तथा वन्यजन्तुका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्र मासिँदै गएको छ । मानवद्वारा भइरहेको चरम दोहनका कारण सिमसार क्षेत्र मासिँदै गएको हो । राज्यका निकायबाटै पनि सिमसार मास्ने कार्यमा हस्तक्षेप बढेको बताइएको छ । स्थानीय तहले राजस्व आम्दानीका नाममा प्राकृतिक ताल धमाधम ठेकेदारको जिम्मा लगाएका छन् ।
बुटवलको पुरानो बसपार्कपछाडि रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ को पुनः टेन्डर प्रक्रियामा अलमल गरिएको छ । उपमहानगरपालिका–६ स्थित केन्द्रको सम्झौता अनुसार २०७८ साल भदौ २० गते नै व्यवसायीको म्याद सकिए पनि टेन्डर प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन । विसं २०६४ मा त्रिपक्षीय करार सम्झौता अनुसार निर्माण सुरु भई २०६७ साल भदौ २० देखि यो केन्द्र सञ्चालनमा आएको हो । एक बिघा सात कट्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।
ङ्घीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो । संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो । कानुन निर्माणको दृष्टिकोणबाट पहिलो एक वर्ष सोचेजस्तो भएन । एक वर्षमा एउटा मात्रै कानुन पारित भयो ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पुख्र्यौली पेसा संरक्षण गर्नुका साथै सिप हस्तान्तरण गर्न थालेको छ । गाउँपालिकाको वडा नं. ७ घराम्दीमा स्थनीय उत्पादनको प्रयोग गरेर सामग्री बनाउने सिप संरक्षण तथा हस्तान्तरणका लागि कार्यक्रम सुरु गरिएको छ । स्थानीय रूपमै पाइने बाँस तथा निगालोको चोयाबाट वातावरणमैत्री तबरले सामग्री उत्पादन गर्ने सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उक्त सिप संरक्षणका लागि पहल थालिएको छ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे संसद् भवनमा बस्न लागेको हो ।