गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्याएपछि दशौँ हजार मानिस विद्युतविहीन भएको शुक्रबार जनाएको छ ।
नवलपुर सदरमुकाम कावासोतीमा तीन दिने चरा उत्सव कार्यक्रम हुने भएको छ । कावासोती –१३ मा माघ २६ देखि २८ गतेसम्म दोस्रो नेपाल चरा उत्सव हुने भएको हो ।
इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेशन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको बरुण नदीबाट विद्युत उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन भएको छ । पुरानो लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गरिएको हो ।
गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिकाले जनाइएको छ ।
तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन हालै बुझाइएको हो ।
मालपोत कार्यालय ताप्लेजुङले पछिल्लो छ महिनाको अवधिमा एक करोड छ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ।
१५ चरणको अभियान सञ्चालन गरिएको कपिलवस्तु फेरी हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा असफल भएको हो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेशविक्रम ढकालसँग भेट गर्नुभएको छ।
भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको सङ्घीय सरकारले बताएको छ ।
सन् २०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन बढेर ११.६७ मिलियन पुगेको छ । सन् २०२२ मा यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बर भएर ५.८९ मिलियन पुगेको हो ।
सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।