नेकपा (एकीकृत समाजवादी)को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ।
रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बीचमै रोपाइँ गर्न रोकिइसकेका थिए । शनिबार विहान यस क्षेत्रमा पानी परेपछि यहाँका किसानलाई ठूलो राहत भएको छ ।
लेकवेशी नगरपालिका ९ कालताँडीका सन्तोष खाम्चाले व्यावसायिक रुपले भैसीपालन सुरु गरेको करिब दुई वर्ष भयो ।
काठमाडौं, असार ११ गते। नेपालका लागि नव-नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुग्नुभएको छ। शनिबार अपरान्ह काठमाडौँ ओर्लनु भएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले बताएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो। श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नु भएको छ। साथै उहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको छ। राजदूत श्रीवास्तवले राष्ट्रपति बिद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्नु हुनेछ।
कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा जोखिम मोलेर स्थानीयहरु ओहोरदोहोर गर्न बाध्य छन् । शनिबार नदीमा बाढी आएपछि जोखिम मोलेर नदी वारपार गर्नुपर्ने दुःखको दिन सुरु भएको स्थानीयले बताएका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोईराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो ।
केही वर्ष अघिसम्म निकै विकट जिल्लाका भनेर चिनिने जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा बजार आधुनिक शहर बन्दैछ ।
लहान नगरपालिका –५ वडामा रहेको झण्डापार्क जोगाउन खुटी खोलाको पश्चिमी किनारमा स्थानीयले तटबन्धको माग गरेका छन् । दस महिना अगाडि छठ पर्वको दिन सञ्चालनम आएको खुटी झण्डापार्कको दीर्घकालिन रुपमा संरक्षण गर्न र यसको आकर्षण बढाउन स्थानीयहरु नगरपालिकाको ध्यान जाओस भनेर माग गरेका हुन् । लगभग डेढ विघामा फैलिएको पार्क वेलुकीपख बजारक्षेत्रका युवाहरुको रमाइलो गर्ने र सेलफी लिइने प्वाइन्टको रुपमा चिनिन थालेको छ ।
भारतमा अयोजना हुने चेस ओलम्पियाडको ४४औं संस्करणमा सहभागि हुने नेपाली खेलाडीको टुंगो लागेको छ । काठमाडौंमा शनीबार सम्पन्न छनोट खेलबाट मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट हुनुभएको छ ।
नेपाल आर्मीकी जयरानी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । दशरथ रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन शनिबार जयरानीले महिला चार सय मिटर हर्डल्स (बाधा दौड) मा १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको हो
झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले रेलवे प्रभावितहरुको मुआब्जा दिन र कृषककालागि तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरुको वैठकमा दलले सरकारको ध्यानाकर्षण गराएका हुन् । कृषकका लागि मल अभाव, विपद्को पूर्व तयारी, रेलवे प्रभावितका समस्या, बिर्तामोडको बुधबारे हटियाको समस्या, चिया क्षेत्रका समग्र समस्या, सन्थाल समुदायको पहिचान र अस्तित्वको छलफल भएको हो ।
गोदावरी नगरपालिकाको ११औं नगरसभाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन भत्ता प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकाको शनिबार भएको निति तथा कार्यक्रमले गोदावरी नगरपालिकाबाट साग खेलकुदमा स्वर्ण पदक जित्ने नगर भित्रका खेलाडीलाई मासिक पाँच हजार रुपियाँ भत्ता दिने निर्णय गरेको हो ।
काठमाडौं, असार ११ गते । नेपाली चलचित्र कृष्ण लीलाको 'ए मेरो हजुर' बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय छ । रवि ओड र सुनिता कार्कीको स्वरमा रहेको गीतको संगीत डा. डि.आर. उपाध्यायले भर्नुभएको छ ।त्यस्तै, सिलान लम्सालले सम्पादन गर्नुभएको भिडयो दीपक वलीले निर्देशन गर्नुभएको हो । भिडियोको कोरियोग्राफी माइकल चन्दले गर्नुभएको हो भने छायांकन उत्सव दाहालले गर्नुभएको हो । गीत सार्वजनिक भएपछि नायक पुष्प खड्काले मौसमसँग च्यालेन्ज गरेर भिडियो बनाइएकोले उत्कृष्ट रहेको बताउनुभयो । भिडियोको सुटिङ ५ हजार २ सय मिटिरको उचाईमा भएको हो । मोडेल श्रद्धा क्षेत्रीले गीतले राम्रो चर्चा पाउने बताउनुभयो । त्यस्तै, गायक रवि ओडले म्युजिक भिडियोको लागि भनेर गीत गाएपनि पछि फिल्ममा हाल्ने कुराले उत्साहीत बनाएको जानकारी दिनुभयो ।
महेन्द्ररत्न क्याम्पस ताहचलले प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ताहचलस्थित घरेलु कोर्टमा शनिबार भएको फाइनल खेलमा महेन्द्ररत्नले रत्नराज्य लक्ष्मी क्याम्पसलाई ३–० को सोझो सेटमा हरायो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले तत्कालीन अवस्थामा नेकपा (एमाले) बाट गरेको विद्रोह देश र जनताको पक्षमा रहेको प्रमाणित भएको बताउनुभएको छ।