खोटाङ ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलले भरिपूर्ण जिल्ला हो । विगतमा पनि फाट्टफुट्ट पर्यटक जिल्ला नआएका हैनन् तर जति आउनुपर्ने थियो, त्यति पर्यटक जिल्ला आएका छैनन् । जस कारण जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई देश–विदेशमा चिनाउन ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ आयोजना गरियो ।
दस वर्ष लामो सशस्त्र युद्ध विश्राम गरेर तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २०६३ सालमा शान्तिप्रक्रियामा सहभागी भएपछि माओवादी जनयुद्धमा आधारित चलचित्र धमाधम बन्न थाले । कतिले माओवादीले उठाउँदै आएका मुक्तिका सन्दर्भलाई उल्लेख गरे त कतिले माओवादीकै संलग्नतामा समेत चलचित्र बनाए । तर यसरी बनेका कुनै पनि चलचित्रले व्यवसायिक सफलता हात पार्न सकेनन् । माओवादी कथामा बनेको ‘आवाज’ मात्र होइन, माओवादीकै प्रत्यक्ष संलग्नतामा
कर्णाली प्रदेश सरकारले शिक्षाको सम्पूर्ण काम गर्ने शिक्षा विकास निर्देशनालय र मानव संसाधन विकास केन्द्र ‘खारेज’ गरेको छ। माघ १० गते कर्णाली प्रदेशको राजपत्रमा प्रकाशित कर्णाली प्रदेश निजामती सेवा नियमावली २०८० को अनुसूची १ नियम २ को खण्ड (ख) सँग सम्बन्धितमा उल्लेखित २८ वटा कार्यालयको नाममा शिक्षा विकास निर्देशनालय र मानव संसाधन विकास केन्द्र नभएपछि खारेज भएको हो।
पश्चिमी बायुको प्रभाव नेपालमा अझै कायमै छ यसको प्रभावले सुदूरपश्चिम नेपाल तर्फ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकामा १९ वटा सडक बन्ने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा ती सडक बन्ने भएका हुन् । सडक निर्माणका लागि छ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । बहुवर्षीय योजनाका रूपमा यी सडकको पहिलो चरणको काम पूरा गर्न प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले अग्रसरता देखाउनुभएको छ । उक्त सडक निर्माणका लागि प्रदेश सरकारले ६१ करोड रुपियाँ बजेट सुनिश्चित गरेपछि ठेक्का आह्वान गरिएको हो । ठेक्का लागेका सडक बढीमा तीन महिनाभित्र निर्माण थालिने पूर्वाधार विकास कार्यालयका कैलालीका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । उहाँका अनुसार मूल्याङ्कनको प्रक्रिया बढीमा तीन महिनाभित्रै पूरा हुने छ । पहिलो प्याकेज अन्तर्गत धनगढी उपमहानगरपालिका–४, रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुलसी चोक हुँदै भगवती टोलसम्मको सडक, धनगढी उपमहानगरपालिका–३, वाणिज्य बैङ्क, विशालनगर, जनता आधारभूत विद्यालय, वीरेन्द्र चोक हुँदै रिङरोड जोड्ने सडक रहेका छन् ।
विकास गर्न बजेट भएर मात्रै पुग्दैन, कर्मचारीमा काम गर्ने हुटहुटी आवश्यक पर्छ भन्ने कुरा अहोरात्र खटिएर दुर्गम शिवनाथ गाउँमा बिजुली बलेपछि पुष्टि भएको छ। ठेकेदारले एक वर्षमा गर्नुपर्ने बिजुलीको काम डेढ वर्षसम्म पनि पूरा नगर्दा प्राधिकरणका कर्मचारी आफैँ स्थलगत खटिएर बिजुलीका पोल गाडेर तार तानेपछि यहाँको दुर्गम शिवनाथ गाउँपालिकामा बिजुली बलेको हो।
कैलाली जिल्लाका विभिन्न सडकमा अलपत्र असहाय र मानसिक रोगी राख्न भवन निर्माण हुने भएको छ । राष्ट्रिय योजना आयोगको एक करोड ५० लाख रुपियाँ लागतमा सहारा घर निर्माण गर्न लागिएको हो । बर्दगोरिया गाउँपालिका–२, बौनियामा असहायका लागि सहयोगी हात नेपाल नामक संस्थाले सञ्चालनमा ल्याएको सहारा घरमा आश्रितलाई राख्न व्यवस्थित भवन निर्माण हुने भएको हो ।
म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ ।
मगर समुदायका लोकसंस्कृतिको रूपमा रहेको मारुनी नाच बिस्तारै हराउन थालेपछि जिल्लाका बुढापाका मगर यसको जगेर्ना गर्न सक्रिय भएका छन् । बुलिङटार–१ का गोपाल अस्लामी मगरले मगर जातिको पुस्तौँदेखिको महत्व राख्ने मारुनी नाच अहिले मगर समुदायमा नै हराउन थालेपछि यसको संरक्षणमा बुढापाका मगर लागिपरेको बताउनुभयो । मारुनी नाच मगर समुदायमा रमाइलो र महत्व झल्कने नाचका रूपमा लिइने उहाँको भनाइ छ ।
दाङको राजपुर गाउँपालिका–७, भैँसही नाका निवासी ६० वर्षीय कृष्णबहादुर विकको हरेक निर्वाचनको समयमा मतदाता नामावलीमा नाम हुन्छ तर उहाँ कहिल्यै मतदान गर्न जानुहुन्न । स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जनप्रतिनिधि छान्ने रहर उहाँमा नभएको होइन । भैँसही नाका नेपाल–भारत सीमावर्ती क्षेत्र हो । त्यहाँबाट मतदान स्थलसम्म आउन र फर्केर जान पूरै चार दिन लाग्छ । परिवारका सबै सदस्य मतदान गर्न जाने भएपछि घरमा ताल्चा लगाएर हिँड्नुपर्ने बाध्यता छ । नाका क्षेत्रमा यो सम्भव छैन । विक भन्नुहुन्छ, “घर आसपास मतदान केन्द्र भए पालो गरेर भए पनि जान सकिन्थ्यो । यहाँबाट चुनावको अघिल्लो दिन हिँडेर बिचमा कुरुवा खोलामा बास बस्नु पर्छ ।
तनहुँमा जलवायु मैत्री घुमाउने घर लोप हुन थालेको छ । पहिले गाउँघरमा प्रशस्त देखिने घुमाउने घर आजकल विरलै देखिन्छ ।
पुस्तकालयलाई अध्ययन, अनुसन्धान तथा अन्वेषणका लागि आवश्यक ज्ञान सामग्री प्राप्त हुने एक शान्त सामाजिक स्थलको रूपमा बुझिन्छ । अध्येताहरू पुस्तकालयको एउटा स्थानमा बसेर विश्व भ्रमणको अनुभूति गर्दै ज्ञानको संसारमा आनन्दबोध गर्न सक्छन् । ज्ञानको सागरमा डुबुल्की मार्दै स्वाध्यायनमार्फत व्यावहारिक र वस्तुनिष्ठ विश्लेषण गर्दै नयाँ सिर्जनाको जन्मसमेत दिन्छन् । स्वाध्यायनले व्यक्तिको ज्ञानमा निखार र आचरणमा परिवर्तन ल्याउँछ । ज्ञानको वृद्धि र निखारताका लागि उपयुक्त स्थान नै पुस्तकालय हो भन्नेमा विद्वान्जनहरू मतैक्य राख्छन् तर पछिल्लो समय यहाँ स्वाध्यायन कार्य जागिरको तयारी वा क्षणिक लक्ष्य प्राप्तिमा मात्र सीमित भएको देखिन्छ ।
भोजपुरको एउटा सामान्य परिवारमा जन्मनुभएका ३५ वर्षीय बलवीर राई (परिवर्तित नाम) लाई वैदेशिक रोजगारीमा मलेसिया पुगेको दुई तीन महिनापछि नै मुटुरोगसम्बन्धी लक्षण देखा पर्यो । काठमाडौँमा मेडिकल पास भएर नै उहाँ मलेसिया पुग्नुभएको थियो । मलेसियाको जोरबारुको सहरी इलाकाभन्दा थोरै टाढाको एक कम्पनीमा उहाँ काम गर्नुहुन्थ्यो । उहाँलाई छाती दुख्ने, मुटु ढुकढुक भइरहने र श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्यो । बिरानो ठाउँ, साथीभाइ नयाँ भएकाले तुरुन्तै आफ्नो समस्या बताउन सक्नुभएन तर पीडा बढ्दै
सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा