मनसुन भित्रिएसँगै एकसाता देखि निरन्तर परेको पानी रोकिन सकेको छैन । आइतबार पनि बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।
भारतले चिनी निर्यातमा रोक लगाएसँगै दैनिक रूपमा अवैध चिनी नेपालगञ्जमा भित्रिने गरेको पाइएको छ । राजस्व छली गरी नेपाल–भारत सीमा नाकाबाट चिनी तस्करी अत्यधिक बढेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्रिँदै गरेको ठूलो मात्राको चिनी र दाल नेपालगञ्जबाट बरामद गरेको छ ।
सुर्खेत जिल्लाका नौवटा पालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । बजेट आकारका हिसाबले वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो झन्डै दुई अर्बको बजेट ल्याएको छ । चिङ्गाड गाउँपालिकाले सबैभन्दा कम ३९ करोड ३८ लाखको बजेट सार्वजनिक गरेको छ । प्रायः पालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, विद्युतीकरणलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका छन् ।
धेरै पानी पर्ने मध्येको एक मानिने कास्कीको लुम्ले क्षेत्रमा शनिबार राती देखिनै भारी वर्षा परी रहेको छ । वर्षाका कारण बढी पहिरो जानसक्ने भन्दै उच्च सर्तकता अपनाउन वाढी पुर्वनुमान महाशाखाले आग्रह गरेको छ ।
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमार्फत सञ्चालित देशभरका पेट्रोलपम्पहरू अबदेखि बिदाका दिन पनि सञ्चालन हुने भएका छन् ।
गत वर्ष चीनको सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेडको ‘डीवाई २८’ हाइब्रिड जातको धानको बीउ लगाएका किसानले धान उत्पादन गर्न सकेनन् । धानको बोट राम्रो आए पनि दाना नलागेपछि बीउ बिक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्टविरुद्ध किसानले उजुरी गरे र क्षतिपूर्ति माग गरे ।
दोलखाको बिगु गाउँपालिका–४ को झोरुङ खोलामा पुल निर्माणका लागि राखिएको संरचना बाढीले भत्काएको छ । पुल निर्माणका लागि खोलामा राखिएको ग्याबिन बाढीले बगाउँदा पुल संरचना भाँचिएको हो । पालिकाका सबइन्जिनियर सरोज खड्काले भन्नुभयो, ग्याबियन जाली भासिएर लगाएका टेकाले ठाउँ छोडेपछि पुल भाँचिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय प्रमुख अधिकृत शिवराज सेढाईंसहित दुुई जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेढाईंले हेटौँडाको न्यु पाथिभरा सप्लायर्सलाई न्यूनतम सर्त पूरा नगरे पनि उपमहानगरपालिकाभित्रको गिट्टी, बालुवा उत्खनन तथा सप्लायर्सको जिम्मा दिएर राजस्व चुहावट गराएको आयोगको दाबी छ ।
आम नेपाली जनता लोकतन्त्र तथा आफ्नो मतदान अधिकारप्रति कति सचेत तथा जागरुक छन् भन्ने उदाहरणका रूपमा बिहीबारको राजधानीको एक घटनालाई लिन सकिन्छ । यही असार ९ गते अर्थात् बिहीबार काठमाडौँको जिल्ला प्रशासन कार्यालय मातहतमा मानिसहरू मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छ घण्टासम्म लाइन बसे ।
नेपालमा स्वतन्त्र उम्मेदवारीको चर्चा चलिरहेको छ । राजनीतिमा होमिएका र होमिने रहर गरेका कतिपय व्यक्ति राजनीति बुझेर यसतर्फ प्रविष्ट भएका छन् भने कतिपय बालेन र हर्कहरूको सफलता देखेर त्यसै हौसिएका हुनसक्छन् । राजनीतिमा अहिलेसम्म कुनै योगदान नगरेका, राजनीति नबुझेका या जनताका काममा सिन्को नभाँचेकाहरू पनि राजनीतिमा ह्वात्तै आउने प्रयासमा छन् ।
बिग्रँदो पर्यावरणको निजीस्तरको चिन्ता, आधा अधुरा सरकारी सङ्कल्प, मन नलागी नलागी गरिएका संस्थागत प्रयास र अन्तर्राष्ट्रिय सम्बन्धमा सामूहिक हित बन्नुको साटो कूटनीतिक टक्करको हिस्सा बन्नाले कैयौँ पटक अन्तर्राष्ट्रिय पर्यावरण दिवसका यस्ता आयोजना निष्फलजस्तै बनेको पाइएको छ ।
फोहोरमैला व्यवस्थापन हाम्रोजस्तो देशका लागि मुख्य समस्याको विषय भएको छ । यसको व्यवस्थापनको अभावले वातावरणीय तथा गुणस्तरीय मानवीय जीवनमा अवरोध भएको छ । गुणस्तरीय जीवनका लागि हामी सबैले आफ्ना बस्ती, नगर र विभिन्न कलकारखानाबाट निष्कासित फोहोरमैलाको उचित व्यवस्थापन गर्दै अघि बढ्नु अति आवश्यक छ ।
हैजा एक प्रकारको सूक्ष्म जीवाणु भिब्रियो कोलेरीबाट लाग्ने सरुवा रोग हो । थोरै सङ्ख्यामा रहेका जीवाणुले मात्र पनि छिट्टै शरीरमा गम्भीर समस्या निम्त्याउने गर्दछ । यो जीवाणु प्रदूषित पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेको केही घण्टाभित्रै झाडापखाला तथा बान्ता सुरु हुन थाल्दछ । यो रोगबाट मानिसमा अति शीघ्र कडा जलवियोजन भई हातगोडा बाउँडिने, थकान महसुस हुनुका साथै कडा जलवियोजनका कारण मानिसको मृत्युसमेत हुने गर्दछ ।
काठमाडौं, असार ११ गते। गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ। सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उहाँले औँल्याउनुभयो।गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको शनिबार उद्घाटन गर्दै पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताउनुभयो। उहाँले भन्नुभयो, “पूर्वाधार विकास शान्तिसहित समृद्धिको यात्रा हो।” यो पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रूपमा १२ वर्षअघि निर्माण सुरु भएको हो।पुलले बुद्ध सर्किट जोड्ने र चार नगरको भाइचारा सम्बन्ध स्थापना गर्न मद्दत पुर्याउने उल्लेख गर्दै उहाँले लुम्बिनीसँगै यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले सङ्घीय सरकारले चालेका कदममा प्रदेश सरकार सहयोगीको भूमिका खेल्न तयार रहेको बताउनुभयो। उहाँले प्रदेशबाट हुने हरेक कामका लागि आफूहरू लागिपर्ने बताउनुभयो।विसं २०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाइ तथा १८५ मिटर लम्बाइ छ। कूल १३ करोड ८३ लाख १५ हजार ३७८ लागत अनुमान गरिएको पुल ११ करोड ७२ लाख ८८ हजार ९०७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इञ्जीनियर अशोक पौडेलले जानकारी दिनुभयो।