पाँचथरको फिदिम नगरपालिकाले सदरमुकामका ९ वटा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट चलाउन ‘फ्रि वाइफाइ’ सेवा सुरुवात गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उहाँ घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुनुहुन्छ ।
बागलुङको गलकोट नगरपालिका–२ स्थित जसपुर गाउँ । नरेठाँटी बजारनजिक रहेको यो गाउँका स्थानीयले पुराना माटो, ढुङ्गा र काठबाट बनेका घरलाई संरक्षण गरिरहेका छन् ।
‘सिमसार, मानव हितको आधार’ भन्ने नाराका साथ कैलालीमा शुक्रबार विविध कार्यक्रम गरेर विश्व सिमसार दिवस मनाइएको छ।
नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सव टूर दि ठाकुरद्वाराको अवसरमा सहभागी हुन आउने विदेशी साइकल यात्रुलाई कैलाश मानसरोवरको दूरदर्शन गराउने योजना बनाइएको छ ।
नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदलाई निर्देशन दिएको छ।
चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ ।यस्ता सेवामा स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण छन् ।
नवलपुरमा पछिल्ला वर्षमा मानवीय कारणले सिमसार क्षेत्र मासिदै जाँदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर (गरुड), किङफिसर, टुमटुमलगायतका चरा लोप हुन लागेको चराविदको भनाइ छ ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा ५ र थाहा नगरपालिका वडा ९ को सिमानामा पर्ने सानोपोखरी डाँडाबाट एक व्यक्तिले डलर साट्ने नाममा सिजलबहादुर सुनारबाट रकम लिएर दुई जना फरार भएका छन्।
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा सहादतस्थलमा अनावरण भएपछि महोत्तरीको सम्सीबासी दङ्ग छन् । पञ्चायतविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि ज्यान आहुति दिएका अमर सहिदको सहादतस्थलमै प्रतिमा अनावरण भएपछि सम्सीवासी खुसी देखिएका हुन् ।
विश्व सिमसार दिवसका अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका १ स्थित राप्ती नदीको कुसुम बैरिया–भम्का जोड्ने घाटमा एउटा भालेसहित १० वटा गोही छाडिएको हो ।
प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले बिहीबार जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी), राष्ट्रिय विधायिका र चीनको राष्ट्रिय राजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिले स्थानीय र अन्तर्राष्ट्रिय पत्रकारहरूलाई मार्चमा हुने आफ्नो वार्षिक अधिवेशनको रिपोर्टिङका लागि आमन्त्रण गर्ने भएको छ ।