नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ ।
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई उसैको मैदानमा ४–३ गोलले हरायो ।
धनुषा लगायत तराइका जिल्लामा कुनै समय खेतबारीको अन्नबाली खाएर किसानलाई हैरान बनाउने तथा घर आँगनमै आइपुग्ने सुगा र मैना हिजोआज देखिन छाडेको छ।
बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यक पर्ने ९९ कानुनमध्ये ७८ वटा कानून बनेका हुन् ।
नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ।
धनकुटाको पाख्रिवास नगरपालिका –४ का कृषक ताराबहादुर कार्कीले आफ्नो बारीमा १० किलोसम्मको मूला फलाए पनि बिक्री नहुँदा प्रतिफल नमिलेको गुनासो गर्नुभएको छ ।
राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।
रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शिहीबार राति भएको खेलमा गेटाफेलाई २–० गोलले हराउँदै रियलले शीर्षस्थान कब्जा गरेको हो ।
उप्किएका छपनी र लथालिङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउ लागेको कुवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रा र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो ।
सर्वोच्च अदालतले भारतसँगको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका विषयमा सुनुवाइ गर्दै एमीकस क्युरी माग गरेको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले दुई कृषकलाई सम्मान गरेको छ ।
काठमाडौँको टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ । टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका वडा नम्बर ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैधरुपमा बनाइएका संरचना हटाउन सुरु गरेको हो ।
जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध हुनुभएको छ ।
गण्डकी प्रदेशको दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो ।