काठमाडौं, असार ११ गते । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र 'प्रेमगन्ज'को शीर्ष गीत 'माथि माथि आकाशमा' सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ ।चलचित्रको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको सङ्गीत छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायाङ्कन गर्नुभएको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन् ।फिल्ममा बेनिशा हमाल, तेज गिरीसँगै सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय छ । चलचित्रको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा चलचित्र एकसाथ प्रदर्शन हुँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, असार ११ गते । टेलिभिजन रियालिटी शो 'डान्सिङ स्टार्स नेपाल'को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति भएकाे ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपियाँ पुरस्कार जित्नुभएको हो ।यस्तै, प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपियाँ जित्नुभएको हो भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअपकाे उपाधि जित्नुभएकाे छ ।विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गर्नुभएको हो । गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको डान्सिङ स्टार्स नेपालको निर्देशन लक्ष्मण पौडेलले गर्नुभएको हो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा चार पाँच प्रतिशत मात्र मत बढाए पनि एमाले मुलुकको लार्जेष्ट पार्टी बन्ने बताउनुभएको छ । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचन लड्दा पनि केही मतले मात्र ठूलो पार्टी बन्नमा पछिपरेको भन्दै उहाँले आगामी निर्वाचनमा एमाले पुनः पहिलो शक्ति बन्ने दावी गर्नुभयो ।
पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक रहेका छन् ।
ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीचको मैत्रीपूर्ण खेलमा एनआरटी विजयी भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एनआरटीले संकटालाई ३–२ गोलले पराजित गरेको हो ।
धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ।
बेंसीसहर नगरपालिका २, गैरीमुनी भीरमा घाँस काट्ने क्रममा चिप्लिएर एक महिला मस्र्याङ्दी नदीमा खस्नुभयो । नदीमा खस्दैगर्दा चिच्याएको आवाज पारीपट्टीका स्थानीयले सुनेपछि हारगुहार गरे । स्थानीयले प्रहरीमा खबर गरे । मनसुन सुरु भएसँगै बढेको मस्र्याङ्दी नदीको ठूलो भेलले ती महिलालाई ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा लग्यो । प्रहरीले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारी गरायो ।
काठमाडौंको टेकुस्थित कौशी थिएटरमा शनिबार एक समारोहमा ‘पचली भैरव’ नाटकको पुस्तकको लोकार्पण भएको छ ।
आयोजक टोली मलेसियालाई फाइनलममा पाँच विकेटले पराजित गर्दै एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेटको उपाधि संयुक्त अरव इमिरेट्स (यूएई)ले जितेको छ ।
चार वर्षपछि जिल्लामा मनसुुनजन्य बिपद प्रतिकार्य योजना तयार गरिएको छ । बिपद जोखिम तत्थ्याङका आधारमा यसवर्ष हुनसक्ने सम्भावित जोखिम आँकलन गर्न प्रतिकार्य योजना तयार गरिएको हो ।
इलामको रोङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्ने भएको छ । अधिकांश कृषि पेशामा आश्रित रहेका गाउँपालिकाका नागरिकको जिवनस्तर उकास्न गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्न लागेको हो ।
गएराति पोखरामा परेको भारी वर्षाका कारण पोखरा महानगरपालिका २५, हेम्जाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पहिरोले घर क्षतिग्रस्त हुँदा र डुबानका कारण मानिसहरु विस्थापित भएका छन् ।
कैलालीको भजनी नगरपालिकाको केही भूभाग र टीकापुर नगरपालिकाको बजारक्षेत्र जलमग्न भएको छ । आज विहान केहीबेर वर्षा भएपछि दुवै नगरको केही क्षेत्र जलमग्न भएको हो । पानीको उचित निकास नहुँदा सामान्य वर्षाले नै जलमग्न बनाएको स्थानीयले बताएका छन् ।
पाल्पाका दश वटै पालिकाले आव २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट पेश गरेका छन् । जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ३९ करोड रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।