• २ असार २०८१, आइतबार

सावित्रा भण्डारी फ्रान्सेली क्लबमा अनुबन्ध

blog

सावित्रा भण्डारी । फाइल तस्बिर

काठमाडौँ, माघ १९ गते । नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध हुनुभएको छ ।

फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई जारी सिजनको थप समय र अर्को एक सिजनका लागि अनुबन्ध गरेको हो । यससँगै सावित्रा युरोपको शीर्ष डिभिजन लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । 

क्लबसँग सम्झौता गरेसँगै सावित्रा माघ १५ गते नै फ्रान्स प्रस्थान गरिसक्नुभएको छ । एना भान गेङगाङ्प हाल लिगमा १२ खेलबाट आठ अङ्क जोड्दै १०औँ स्थानमा छ । १२  टोली सहभागी लिगको अन्तिममा रहने टोली रेलिगेसनमा पर्नेछ । सावित्राले यसै सिजन मात्र इजरायली क्लब हापोयल रानानाबाट त्यहाँको घरेलु लिग खेल्नुभएको थियो ।

प्यालेस्टाइन र इजरायलबीच द्वन्द्वका कारण उक्त लिग रोकिएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक ४३ गोल गरिसकेकी सावित्रा घरेलु फुटबलमा विभागीय टोली एपिएफबाट खेल्दै आउनुभएको छ । इजरायली क्लबअघि उहाँले भारतीय आइ लिगमा खेल्दै आउनुभएको थियो ।