‘स्वतन्त्रता सेनानीकी जीवनसङ्गिनीले पति हुँदाहुँदै पनि विधवाको जीवन बाँच्नुपर्ने हुन्छ ।’ विश्वव्यापी रोल मोडल छवि बनाएका नेल्सन मन्डेलाको कृतिबाट लिइएको यो प्रसङ्गबाट द्रौपदा शर्मा पोखरेल आमाबारे छोटो चर्चा गर्न सान्दर्भिक लाग्यो । तनहुँ जिल्लाको म्याग्देका तेजप्रसाद र चेतकुमारी पण्डितकी छोरी द्रौपदाको विवाह तनहुँकै क्रान्ति योद्धा गोवर्धन शर्मा पोखरेलसँग भयो । विसं २००७ सालको परिवर्तनसँगै पतना देवी र द्रौपदा आमाहरूले महिलालाई सङ्गठित गरे । गाउँमा परिवर्तनकारी गतिविधिमा संलग्न भएर समाजमा विद्यमान सबै प्रकारका भेदभावको जरै उखेल्ने अभियानको थालनी गरे । १०२
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने कार्यविधि हालै स्वीकृत गरेसँग कर्जा लिनका लागि परियोजना प्रस्ताव आह्वान गरिएको हो ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२, पोखराथोकस्थित शिवशक्ति शीतभण्डारणमा प्राविधिक त्रुटिका कारण ६३ मेट्रिक टन सुन्तला ढुसी लागेर नष्ट भएको अध्ययनले पुष्टि गरेको छ । पणेना र पोखराथोकका कृषकले भण्डारण गरेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषद्ले स्थलगत अध्ययन गरेको थियो ।
साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालित हट एयर बेलुनले जमिनको सतहबाट नौ हजार फिटसम्म उड्ने अनुमति पाएको छ । यसअघि तीन हजार फिटसम्म मात्रै उडान अनुमति पाएको बेलुन नेपालले अब पोखराको निश्चित क्षेत्रमा नौ हजार फिटसम्म उडान गर्ने अनुमति पाएको हो ।
सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो ।
गायक युवराज चौलागाईंको गीत ‘नझुक्याउ’ सार्वजनिक भएको छ । गीतमा दीपिका थापाको शब्द र गायक चौलागाईंको सङ्गीत रहेको छ । गीतको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको छ भने भिडियोमा गायक चौलागाईंसहित कुसुम शर्मा तथा विकास लामिछाने र मेनुका ढकालको अभिनय तथा सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १७ औँ साधारण सभाका अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहमा उहाँलाई प्रतिभा सम्मान प्रदान गरिएको हो । सो अवसरमा सङ्गीतकार दीपक जङ्गमले मदनकृष्ण श्रेष्ठले विगत लामो समयदेखि समाजलाई सकारात्मक सन्देश दिन सफल हुनुभएको भन्दै चर्चा गर्नुभयो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठले गाउनुभएको ‘ती नयन शरावी’ गीतको म्युजिक भिडियोको लोकार्पण गरियो ।
हरेक १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच मरु टोलमा नचाइएको छ । सामान्य बोलीमा पचली भैरवको १२ वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने श्रीपचली भैरवको खड्ग सिद्धी नाच हो भने यसलाई नेपाल भाषामा गथु प्याखँ भनिन्छ । दुई दिनसम्म नचाइने सो नाचमा गणेश, वाराही, इन्द्रायणी, ब्रह्मायणी, नारायण, भैरव, सिँगिणी, व्याधिणी, श्वेत भैरवसहित १३ देवगण संलग्न नाच परम्परागत बाजाका तालमा नाचिन्छ । सुरुमा गुरु बाजालाई ढोग गरेपछि फरक पोसाक र मुकुन्डोमा सजिएका देवगणले क्रमशः नाच प्रस्तुत गरिन्छ ।
रामसार सूचीमा सूचीकृत नेपालका सिमसार क्षेत्रको सदुपयोग हुन नसकेको पाइएको छ । रामसार संरक्षण गर्ने निकायले आर्थिक लाभ लिने गरी उपयोग गर्न सकेका छैनन् । शुक्रबार विश्व सिमसार दिवस ‘सिमसार–मानव जीवनको आधार’ नारासहित विविध कार्यक्रम आयोजना गरेर मनाइयो ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार दुई सय जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्मचारीहरूको अथक मेहनतले केन्द्र स्थापना भएको ११ वर्षको अवधिमा सो सङ्ख्यामा मिर्गौला प्रत्यारोपण सम्भव भएको जानकारी दिनुभयो ।
मनग्य अर्थोपार्जन गर्ने, परिवारलाई सुखमा राख्नेलगायतका सपना बोकेर रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे सम्पर्कविहीन बनेपछि श्रीमती टिना घिमिरेको आँखा ओभानो छैन । रुस–युक्रेन युद्धमा बाँच्ने आशा कम देखेपछि पदमले सैनिक क्याम्पबाट भागेर नेपाल फर्किन प्रयास नगर्नुभएको होइन । सैनिक इलाकाबाट बाहिर निस्कन सफल पदमलाई दुई पटक रुसी सेनाले पुनः पक्राउ गरेर युद्ध मैदानमा होमिदियो । सैनिक क्याम्पबाट फोनबाट कुरा गरिरहने पदम दुई महिनादेखि सम्पर्कविहीन भएपछि पत्नी टिना पीडामा पर्नुभएको छ । अनेक आशङ्काबिच साना छोराछोरी काखमा च्यापेर टिना पदमको प्रतीक्षामा हुनुहुन्छ ।
संसद्को आउँदो हिउँदे अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुनेगरी कार्यतालिका तयार गरिएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाईभन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ।
नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल महिला उद्यमी महासंघ (एफडब्ल्युइएएन) सहकार्य गर्न सहमत भएका छन्।