राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति २९ प्रतिशत मात्र रहेको छ । आयोजनाको एकाधबाहेकका स्थानमा निर्माणमा अवरोध नरहे पनि हालसम्मको प्रगति तुलनात्मक रूपमा सुस्त देखिएको छ । नेपाल सरकारबाट छ वर्षअघि नेपाली सेनाले निर्माणको जिम्मा पाएको यस आयोजनाको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनासम्मको समष्टिगत भौतिक प्रगति २९.६२ प्रतिशत रहेको छ । गत पुस महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्दै आयोजनाले समष्टिगत वित्तीय प्रगति मोबिलाइजेसनसहित ३०.४५ प्रतिशत रहेको जनाएको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले आयोजना अन्तर्गत ठेक्का लागेका प्याकेजमा तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको निर्माण प्याकेजमध्ये १, २, ३, ४, ५, ६ र ७ निर्माणाधीन छ ।
धनुषाको सबैला नगरपालिका जिल्लाको उत्तरपूर्वी भागमा पर्छ । साबिक ठिल्ला, सतोखर, सबैला, खरयानी, पठेरवा, मखनाहा र रघुनाथपुर गाउँ विकास समिति मिलाएर बनेको यो पालिकामा १३ वडा छन् । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार ६२ हजार २८२ जनसङ्ख्या रहेको यस नगरपालिकामा १२ हजार ३४० घरधुरी छन् । मुस्लिम र दलित समुदायको जनसङ्ख्या बढी रहेको यस नगरपालिकामा विकास निर्माणका कामकाज र भावी कार्ययोजनाको विषयमा नेकपा माओवादी केन्द्रका तर्फबाट नगर प्रमुखमा निर्वाचित कारीराम यादवसँग गोरखापत्र दैनिकका धनुषा समाचारदाता धर्बेन्द्रकुमार झाले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
पहाड काट्ने काम नसकिएको भन्दै नारायणगढ–मुस्लिन सडक खण्ड थप तीन हप्ता दिउसो बस्न गरिने भएको छ । सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम अझै नसकिएपछि दिउसो बन्द गर्ने कामलाई निरन्तरता दिएको नाग ढुङ्गा–मुस्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका–२ र ७ को सिमाना घोघाहा खद्रापैनीलाई घेरेर दिवङ्गत सात जना पूर्वप्रधानमन्त्रीको नाममा पार्क निर्माणको काम धमाधम भइरहेको छ । घोघाहा पैनी घुमे जस्तै दुईतर्फ पर्खालले घेरेर डेढ किलोमिटर दुरीमा प्रधानमन्त्री पार्क निर्माण गरिएको हो । विराटनगर–२, शनिहाटको महेन्द्र रात्रि मावि उत्तरतर्फबाट सुरु भएको खद्रालाई ‘ड्रेन’ मार्फत सिङ्घिया खोलामा जोडिएको छ । ड्रेनबाहेकको बाँकी खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको काम धमाधम भइरहेको छ ।
सुन्दा पनि आङ जिरिङ्ङ हुन्छ, एक जनाले छ सय जनाभन्दा बढीलाई ठग्यो । सोझासाझा गाउँलेबाट ठगिएको रकम पनि करोडौँ छ । वैदेशिक रोजगारीका नाममा हुँदै आएको ठगीमा यो अर्को चर्को ठगी रहेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार युरोपका विभिन्न मुलुक तथा क्यानाडामा आकर्षक रोजगारीका लागि पठाइदिने बहानामा यस्तो ठुलो ठगी भएको हो । सोही प्रकरणमा काठमाडौँ–१६, बालाजुस्थित युरो विङ्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक विकास वाइबा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीका उद्योगी व्यवसायीले उद्योग क्षेत्रमा गरिने ऋण लगानीको ब्याजदर एक अङ्कमा झार्नुपर्ने सुझाव दिएका छन् । उद्योगमा गरिने लगानीको ब्याजदर बेसरेटका आधारमा कायम गर्नुपर्ने र उद्योगीले एलसी खोल्दा राख्नुपर्ने १० प्रतिशतसम्म मार्जिन नगद रकम बिनाब्याज बैङ्कमा राख्नुपर्ने व्यवस्था अन्यायपूर्ण रहेकाले त्यो नियम हटाउनुपर्ने मागसमेत गरेका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उद्योग क्षेत्र सुधारका लागि नेपाल उद्योग परिसङ्घले जिल्लाका उद्योगीसँग पहिलो पटक सुझाव माग गरेपछि रुपन्देहीका उद्योगीले ती सुझाव दिएका हुन् ।
मुलुकभित्र रोजगारीका अवसरको कमीका कारण विदेशी भूमिमा पसिना बगाएर परिवारको पालनपोषण गर्ने उद्देश्यले दैनिक दुई हजारभन्दा बढी युवा जनशक्ति विभिन्न मुलुकतर्फ गइरहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार विश्वका विभिन्न १११ मुलुकमा संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । व्यक्तिगत रूपमा भने १७८ मुलुकमा नेपालीहरू रोजगारीका क्रममा छरिएका छन् । छि
नेपालको संविधान र संविधान अन्तर्गतका ऐन, नियम, विनियम र आदेश जसका लागि बनाइन्छन् ती सर्वसाधारण नागरिक अधिकांशतः निरक्षर, औँठा छाप र गरिब छन् । कानुनको अज्ञानता कसैका लागि कुनै बहाना हुन सक्दैन । अमेरिकाका ३६ औँ राष्ट्रपति लेन्डन जोन्सनको एउटा मार्मिक भनाइ छ, ‘एउटा मानिस दोषी भएर जेल परेको हुँदैन; उसले सजाय पाएर पनि जेल परेको हैन; ऊ सजाय भुक्तान नगरी भाग्ला कि भनेर पनि जेलमा राखिएको हैन । एउटै कारणले ऊ जेलमा छ, त्यो कारण हो ऊ गरिब हुनु ।’
बिहीबार देखि ह्वात्तै बढेको चिसो शुक्रवार पनि कायमै रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोले आज पनि हिमपात र वर्षा कायमै हुने भएकाले चिसो थप बढ्न सक्ने जनाएको छ।
लोकतान्त्रिक राज्य भनेको नै सबैको भलो गर्ने शासन हो । यसका लागि आमनागरिकको शिक्षामा पहुँच नै ठुलो कुरा हुन आउँछ । गरिबी र अभावका कारण विद्यालय जान नसकेकादेखि सम्पन्न परिवारका बालबालिकालाई सहज रूपमा स्तरीय शिक्षा उपलब्ध गराउन राज्यले पहल गर्नु पर्छ । ग्रिसका दार्शनिक प्लेटोले आफ्नो विचार अभिव्यक्तिका क्रममा भनेका छन्– सामूहिक रूपमा भलो गर्ने भावना नै न्याय हो । यसर्थ न्याय दिने राज्यले हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा दिने दायित्व आफूले बिर्सनु हुँदैन । समुदायभित्रका गरिखाने समुदायका केटाकेटीलाई शिक्षामा समान न्याय दिन तिनका अभिभावकलाई आर्थिक उत्थानका योजना तय गरिनु पर्छ ।
माथिल्लो हुम्लाका स्थानीयवासीहरूले हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नु पर्ने बाध्यता रहेको पाइएको छ । पैदल मार्गबाट यातायात व्यवसायीहरूले मनोमानी भाडा असुल्ने भएको कारण सस्तो पर्नु पर्ने पैदल मार्गको भाडा महँगो गर्ने गरेको हो ।
थोमस रोबोर्ट माल्थसले जनसङ्ख्या र खाद्यान्न वृद्धिबिचको असन्तुलनबाट उत्प्रेरित भई समाधान दिने क्रममा जनसङ्ख्याको सिद्धान्त प्रतिपादन गरे । माल्थसकै सिद्धान्त अनुसार हामीले पनि शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यालयका समस्याका कारण पहिचान गरी समाधान गर्न विस्तृत खाका ल्याउन जरुरी भएको छ । युएनका अनुसार आगामी १ जुलाई २०२४ मा नेपालको जनसङ्ख्या तीन करोड आठ लाख ९६ हजार ५६० पुग्ने अनुमान छ । यसको वार्षिक वृद्धिदर १.१४ प्रतिशत छ भने वर्षमा थपिने शुद्ध सङ्ख्या तीन लाख ४९ हजार १० छ । अर्कातिर देशबाट बर्सेनि बाहिरिने युवाको सङ्ख्या थपिने सङ्ख्याको झन्डै दोब्बर छ ।
सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घमा आबद्ध भएपछि विश्वव्यापीकरणको नीतिलाई अङ्गीकार गरेको नेपालले सन् १९८७ को अन्तर्राष्ट्रिय मुद्राकोषको संरचनात्मक कार्यक्रममार्फत आएको उदारीकरणको नीतिलाई स्वीकार ग¥यो । सन् १९९० को दशकदेखि नेपालले उदारीकरणको नीति अवलम्बन गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी गरी निजीकरणसँगै निजी क्षेत्रको सहभागितामा जोड दिँदै आएको छ । त्यहीँदेखि लगातार नेपाल भूमण्डलीकरणमा जोडिएर अगाडि बढिरहेको छ ।
चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एक हजार एक सय ३७ ले ज्यान गुमाएका हुन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा