सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको छ ।
लिगको दुई खेल अगावै फाइनलमा स्थान बनाएको पुलिसले बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध ७८ को जित निकाल्यो ।
पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्।
बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न काली गण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ ।
तेस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
स्याङ्जामा वालिङ महोत्सव सुरु भएको छ ।
विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ ।
शान्तिका अग्रदूत गौतमबद्धको जन्मस्थल लुम्बिनी सहित जोडिएका रुपन्देहीका क्षेत्रहरूलाई बुद्धभूमिका रूपमा प्रचार र विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले तीन वटा प्रदेशमा हल्का वर्षा भइरहेको छ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–८ कोटमोलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर कुमाख गाउँपालिका–६ बडागाउँका १९ वर्षीय जनक विकको मृत्यु भएको हो ।
सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुरमा आँखा अस्पतालले कारागारमा चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।
लामो सयपछि बैतडीमा हिउँदे वर्षा र उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । वर्षा हुँदा किसान हर्षित भएका छन् । आलु खेतीका लागि प्रसिद्ध खोड्पे क्षेत्रमा हल्का हिमपात सुरु भएपछि किसान खुसी भएका हुन् ।
नेपाली चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
दोस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता फागुन १८ र १९ गते मोरङमा हुने भएको छ ।