पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ ।
रुकुमपश्चिमको चौरजहारीमा एक पुरुषको शव फेला परेको छ । चौरजहारी नगरपालिका –३ को कुरलस्थित भेरी नदीको खोंचमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा निर्माण गरेको कोल्ड स्टोर (शीत भण्डार) को परीक्षण सफल भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताउनुभएको छ ।
नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
बाजुरामा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ गाँज्राका ८४ वर्षीया दलबहादुर बुढाको रहेका छन् ।
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ ।
२०२३ मा इटालीको अर्थतन्त्र वार्षिक रूपमा ०.७ प्रतिशतले बढेको इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले जनाएको छ । तथ्याङ्क निकायले इटालियन अर्थव्यवस्था अघिल्लो त्रैमासिकको तुलनामा २०२३ को अन्तिम त्रैमासिकमा ०.२ प्रतिशतले बढेको जनाएको छ ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना तीन वर्षदेखि निर्माणाधीन अवस्थामा छ ।
पोखराको लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले जनताका कुरा सुन्नका लागि समुदायमा कांग्रेस अभियानको सुरु गरिएको बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुङ्गा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् ।
यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गर्नुभयो ।