नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु विकास अभियानमा सहयोगी हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय बैंकलाई समेत मिटरब्याजी भएको आरोप लाग्नु दुःखद भएको उहाँले चर्चा गर्नुभयो ।
रुकुम पश्चिम् त्रिवेणी गाउँपालिका–३ स्थित खाराबाट शुक्रबार बिहान देखिएको सिस्ने हिमाल र आसपासको क्षेत्र ।
पाँचथरमा पूर्व प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यम विस्तारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गर्नु भएको छ ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्न सुरु गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक व्यवस्था फेरिए पनि जनताको अवस्थामा परिवर्तन नभएको र सुशासनमा केही चुनौति देखिएको बताउनुभएको छ ।
बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् ।
नेपालले आइसिसी यु–१९ विश्वकपको सुपर सिक्समा भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा भारतका कप्तान उदय सरनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल फिल्डिङमा उत्रिएको हो
काठमाडौं महानगरपालिका–२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेश सरकारले माघ २१ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।
हिजो बिहीबार बिहानैदेखि परेको वर्षासँगैको हिमपातले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडीको रुकुमपश्चिम र रुकुमपूर्वको सडकखण्डमा भएको बाक्लो हिमपातको कारण यातायात अवरुद्ध भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताउनुभएको छ ।
घोडाघोडी ताल क्षेत्रमा पहिले देखिएका चराहरू अहिले देखिन छाडेका छन् । नकटा हाँस देखिन छाडेको त वर्षौँ भइसक्यो ।
बागमती प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद अस्पतालमा प्रयोगमा आउने उपकरण तथा औजारको मर्मत सम्भार गर्न प्रदेश वायोमेडिकल वर्कसप स्थापना गरिएको छ ।