• २० वैशाख २०८१, बिहिबार

करोड लगानीमा बायोमेडिकल वर्कसप स्थापना

blog

हेटौँडामा स्थापना गरिएको प्रदेश बायोमेडिकल वर्कसपको उद्घाटन गर्दै प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, माघ १९ गते । बागमती प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद अस्पतालमा प्रयोगमा आउने उपकरण तथा औजारको मर्मत सम्भार गर्न प्रदेश बायोमेडिकल वर्कसप स्थापना गरिएको छ ।

बागमती प्रदेश सरकारले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद अस्पतालमा प्रयोगमा आउने उपकरण तथा औजारको मर्मत सम्भारका प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको परिसरमा प्रदेश बायोमेडिकल वर्कसप स्थापना गरिएको हो । 

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश वायोमेडिकल वर्कसपको उद्घाटन गर्दै अस्पतालमा भएको बिग्रेको भए मर्मत गर्ने र उपयोगमा नआउने हो भने अन्यत्र लगेर भए पनि प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारी अस्पतालहरुमा उपकरण तथा औजार प्रयोगमा नै नल्याउने र ल्याएमा पनि सामान्य समस्या आएपछि थन्क्याएर राख्ने प्रवृत्ति बढ्दै गएको समयमा वर्कसप स्थापना गर्न निर्णय गरेको बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले स्वास्थ्य सेवा सुधार र गुणस्तरीय सेवाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाका प्रमुख वसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशक डा. श्रवणकुमार थापा, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दीपकप्रसाद तिवारी,  निक्स साइमन्स इन्ष्टिच्युट (एनएसआई) का कार्यकारी निर्देशक अर्चना अमात्य, स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाका बायोमेडिकल इन्जिनियर नेल्सन महतलगायतले उपकरणको आयु हुने भन्दै वर्कसप स्थापनासँगै अस्पतालहरुमा रहेका उपकरणहरुको अभिलेखीकरण गरिने बताउनुभयो । 

प्रदेश बायोमेडिकल वर्कसपका लागि करिब ७१ लाख रुपियाँभन्दा बढीको उपकरण एनएसआई नामक संस्थाले उपलब्ध गराएको हो । प्रदेश बायोमेडिकल वर्कसप स्थापनाका लागि प्रदेश सरकारले ३० लाख रुपियाँभन्दा बढी खर्च गरेकोसहित प्रदेश बायोमेडिकल वर्कसप एक करोड रुपियाँभन्दा बढीको लागतमा स्थापना भएको कार्यक्रममा जानकारी गराइएको थियो ।