• २ असार २०८१, आइतबार

रियल म्याड्रिड शीर्षस्थानमा

blog

बल खोस्ने प्रयास गर्दै रियल (सेतो जर्सी) र गेटाफेका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, माघ १९ गते । रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शिहीबार राति भएको खेलमा गेटाफेलाई २–० गोलले हराउँदै रियलले शीर्षस्थान कब्जा गरेको हो ।

रियलको जितमा दुवै गोल स्ट्राइकर जोसेलुले गर्नुभयो । उहाँले १४औँ र ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै रियलले २२ खेलबाट ५७ अङ्क बनाएको छ । पराजित गेटाफे २९ अङ्कसहित १०औँ स्थानमा छ ।

रियलको जितसँगै ५५ अङ्क बनाएको जिरोना दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ४७ अङ्क छ ।