समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सक बताउँछन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सक बताउँछन् ।
नेपालगन्ज–कोहलपुर सडकखण्ड खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न ठाउँमा २५ वटा जेब्राक्रस निर्माण कार्य सुरु गरिएको छ।
रेष्टुरेण्ट एण्ड बार एसाेसिसन नेपाल (रेवान) को आयोजनामा यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिवलको आयोजना गरिँदै छ । प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिवल’ आयोजना गर्न लागिएको हो ।
थाइल्यान्डका पेन चरुसोर्न र चीनकी जी ये झाङले जे ६० काठमाडौँ जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट–१ अन्तर्गत सिंगल्स उपाधि जित्नुभएको छ ।
रौतहट र सर्लाहीको सीमा भई बग्ने बागमती नदीमा ‘करेन्ट’लगाई माछा मार्ने गरेका कारण सो नदीको जलचर सङ्कटमा परेको छ ।
होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार स्वर्ण जित्नुभएको छ ।
वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा बैतडी पुग्नुभएको छ । डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ आफै बैतडी पुग्नुभएको हो ।
दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हल जानौव रंगशालमा शुक्रबार राति भएको खेलमा कोरियाले अस्ट्रेलियालाई अतिरिक्त समयमा २–१ गोलले हरायो ।
ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरण सम्पन्न भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपा
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ ।
अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित ठाडाखानी गाउँ ।
बर्दियाको बढैयाताल गाउँपालिका–३ का एक जना जनप्रतिनिधिले दैनिक रूपमा बर्दियाबाट नेपालगन्ज ल्याएर अर्गानिक तरकारी विक्री गर्दै आउनुभएको छ ।