• २ असार २०८१, आइतबार

एसियन कप फुटबल : अस्ट्रेलियालाई हराउँदै कोरिया सेमिफाइनलमा

blog

काठमाडौँ, माघ २० गते । दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हल जानौव रंगशालमा शुक्रबार राति भएको खेलमा कोरियाले अस्ट्रेलियालाई अतिरिक्त समयमा २–१ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा कोरिया भाग्यमानी बन्यो । 

४२औँ मिनेटमा क्रियाग अलेक्जेन्डर गुडविनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाउनुभयो । इन्जुरी समयमा कोरियाले पेनाल्टी गोलमार्फत बराबरी गरेको थियो । अस्ट्रेलियाका खेलाडीले सन ह्युङ मिनलाई डिबक्समा फल हानेपछि प्राप्त पेनाल्टीलाई हि चाङ ह्वाङले गोल गर्नुभयो । 

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको एक सय चार मिनेटमा सन ह्युङ मिनले गोल गर्दै दक्षिण कोरियालाई अन्तिम चारमा लग्नुभयो । सेमिफाइनलमा दक्षिण कोरियाले जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार नै भएको खेलमा जोर्डन ताजकिस्तानलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । एजेन्सी