रातिमा सुरु भएर रातिमै सकिने रुपन्देहीको सबैभन्दा पुरानो गाउँको नामबाट भड्छा महोत्सव २०८० हुने भएको छ । ११३ औं बर्षअघि स्थानीय थारु समुदायले सुरु गरेको भड्छा महोत्सव तथा माघे औंसी रात्रीकालीन मेलालाई यो बर्ष समेत निरन्तरता दिने निर्णयसँगै तयारीको काम भइरहेको आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताउनुभएको छ । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राख्नुभयो ।
बागमती प्रदेशका सूर्य तामाङ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्नुभएको छ । उत्कृष्ट खेलाडीको उपाधिसँगै उहाँले मोटर साइकल पुरस्कार पाउनुभयो ।
जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ ।
सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल)ले शनिबार काठमाडौंमा एक कार्यक्रमका बिच क्यान्सर उपचारका लागि अति उच्च प्रविधियुक्त सो थेरापीको प्रयोगशाला सफलतापूर्वक परीक्षण गरिएको जानकारी गराएको हो ।
पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ । व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फार्म दर्तागरी किसान सो खेतीतर्फ आकर्षित हुँदैगएका छन् ।
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले ७८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले हालै विविध कार्यक्रमको आयोजना गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उहाँले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दक्ष जनशक्ति उत्पादनबाट राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पछिल्लो समय सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले गुणस्तरीय काम नगर्नेको निर्माण व्यवसायीको पक्षमा आफूहरु नभएको बताउनुभएको छ ।
समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सक बताउँछन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सक बताउँछन् ।