• १ जेठ २०८२, बिहिबार

दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने

blog

अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौँ, माघ २० गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दक्ष जनशक्ति उत्पादनबाट राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभएको छ । पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शिक्षाको विकासबाट नै राष्ट्र निर्माणमा बल पुग्ने भएकाले दक्ष जनशक्ति उत्पादनका निम्ति प्राध्यापकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

फरक प्रसङ्गमा नेता नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउँदै क्षमताका आधारमा जनताबाट अनुमोदित नेतृत्व अहिलेको आवश्यकता भएको बताउनुभयो । राजतन्त्रका बारेमा कुरा गर्नु असान्दर्भिक भएको उहाँको कथन थियो । रासस