दैनिक रूपमा कर्णाली राजमार्ग बन्द हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । सडक मर्मत कार्य भइरहेकाले दैनिक तीनदेखि चार घण्टा सडक बन्द हुने गरेको छ । लामो दुरीका सवारीसाधन घण्टौँसम्म रोकिँदा यात्रुले निकै सास्ती पाइरहेका छन् । कर्णाली राजमार्गको एसमोडलगायत सडकखण्डमा निर्माण कम्पनीले बाटो नै बन्द गरी तीनदेखि चार घण्टासम्म यात्रु तथा मालवाहक गाडी बन्द गर्ने गरेको छ । लामो समय सडक बन्द हुँदा कालीकोट, हुम्ला, बाजुरा, जुम्ला र मुगुलगायतका जिल्लामा पुग्ने यात्रु घण्टौँसम्म जाममा पर्ने गरेका छन् ।
दाङको पूर्व–पश्चिम राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्डमा पछिल्लो समय खाल्टाखुल्टी हुँदा दुर्घटनाको जोखिम बढेको छ । क्षमताभन्दा बढी भारवहन गर्ने सवारीसाधनका कारण सडकको अवस्था जीर्ण बन्दा दुर्घटनाको जोखिम बढाएको हो । घोराही–लमही सडकखण्डको बबई नदीदेखि बेल्दमारसम्म सडकका विभिन्न खण्डमा भएका खाल्टाखुल्टीका कारण सडक अस्तव्यस्तसँगै धुलोले गर्दा दुर्घटनाको जोखिम बढाएको हो । पछिल्लो समय सडकका घुम्तीहरूमा भएका खाल्टाखुल्टीसँगै धुलोका कारण सडकको अवस्था अस्तव्यस्त बन्न पुगेको छ । गाडी चालक नवीन शर्मा सडकमा भएका खाडल र धुलोका कारण साना सवारीसाधनलाई हैरानीसँगै दुर्घटनाको जोखिम बढाएको बताउनुहुन्छ ।
कङ्क्रिटको घर निर्माणले तीव्रता पाएसँगै मनाङमा माटाका घर पाउनै मुस्किल भएको छ । पर्यटकीय विकाससँगै अहिले माटाका परम्परागत घर मासिँदै गएका हुन् । वर्षामा पानी चुहिने अनि चिसो हुने भएकाले पनि माटाका घर लोप हुँदै गएको स्थानीय बताउँछन् । अर्कोतिर मनाङीलाई पर्यटक आकर्षित गर्न तथा सुविधासम्पन्न होटलको व्यवस्था गर्नुपर्ने भएकाले पनि परम्परागत माटाका घर लोप हुँदै गएको हो । युवा व्यवसायी राम गुरुङ भन्नुहुन्छ, “यो हाम्रो रहर होइन, बाध्यता हो । सबै पर्यटक सुविधासम्पन्न घरमा बस्न रुचाउँछन् । पुराना माटाका घरमा सेवासुविधा दिन पनि गाह्रो हुन्छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गर्नुभएको थियो ।
तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलव्ध गराएको छ । व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराउने निर्णय गरेको हो ।
नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको बेथिति, अनियमितता, सञ्चालन विधि र सम्भावित भ्रष्टाचारबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समिति गठन शनिबारदेखि काम सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित सात सदस्यीय छानबिन समितिले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सङ्घको कार्यालय शनिबार अनुगमन र निरीक्षण गरेको हो ।
सङ्घीय संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि प्रारम्भ हुँदै छ । विधेयक अधिवेशनका रूपमा रहेको हिउँदे अधिवेशनमा यसअघि नै संसद्मा दर्ता भएर छलफलको चरणमा रहेका दुई दर्जनभन्दा बढी विधेयकले यस पटक निकास पाउने अपेक्षा गरिएको छ । अधिवेशनलाई थप प्रभावकारी बनाउन सरकारले केही समयअघिदेखि नै गृहकार्य थाल्नुले पनि सङ्घीयता कार्यान्वयनसम्बन्धी अत्यावश्यक देखिएका कानुन निर्माणमा प्रगति हुने अपेक्षा गरिएको हो । संसद्का विषयगत समितिमा रहेका विधेयकहरूको बारेमा सभामुख देवराज घिमिरेले विशेष चासो देखाउनु भएर प्रक्रियागत रूपमा संसद्मा पेस गर्न निर्देशन नै दिनुभएको सार्वजनिक हुनुले हिउँदे अधिवेशनप्रति जनमानसमा चासो वृद्धि हुनु स्वाभाविक देखिन्छ ।
अस्थिर राजनीति, जर्जर अर्थ व्यवस्था र छरछिमेकबाट असुरक्षित रहेको देश । के यस्तो मुलुक लोकतान्त्रिक ढाँचाको निर्वाचन चुनावी अभ्यासबाट लयमा फर्किन सक्ला ? सार्क सदस्यको हैसियतले दक्षिण एसिया क्षेत्रमै सद्भाव र सहयोगको सन्देश दिँदै हातेमालोको वातावरण निर्माण गर्न समर्थ होला ?
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्रका सबै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले वडा नम्बर १ र ८ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
केही सहकारीले बचतकर्ताको रकम हिनामिना गरेकाले सहकारी क्षेत्र बदनाम भएको छ । यहीँ कारणले सहकारी क्षेत्रमा भारी विश्वासको सङ्कट सिर्जना भएको छ । नेपालभरिका ३२ हजार सहकारीमा करिब दुई सय सहकारीका सञ्चालकले बदमासी गरेकै भए पनि सहकारी क्षेत्रलाई नै बदनाम गर्नु न्यायसङ्गत हुँदैन । किनभने नेपालका धेरै सहकारीले संस्थागत रूपमा उत्कृष्ट काम गरेर नेपाललाई महत्वपूर्ण सहयोग गरिरहेको अवस्था छ । बचत तथा ऋणका १३ हजार सहकारीलाई नै लिने हो भ
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने पार्टी कार्यालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । शनिवारबाट संसद् भवन बानेश्वरमा सुरु भएको बैठकमा सोमवारबाट सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।
लोकतन्त्रमा आवधिक निर्वाचनलाई पूर्वसर्तका रूपमा मानिन्छ । सामाजिक सम्झौताको सिद्धान्त अनुसार सार्वभौमसत्तासम्पन्न नागरिकले आफ्नो सार्वभौमिक अधिकार निर्वाचनमार्फत आफ्ना प्रतिनिधिलाई सुम्पिएका हुन्छन् । त्यसै गरी नागरिक आफ्ना जनप्रतिनिधिमार्फत मुलुकको शासन प्रक्रियामा सहभागी हुन्छन् । निर्वाचन स्वतन्त्र, स्वच्छ र विश्वसनीय हुनु पर्छ । निर्वाचन हुनु मात्रै पनि लोकतन्त्र हैन । लोकतन्त्रमा जननिर्वाचित प्रतिनिधिले जनताको इच्छा र चाहनाबमोजिमका कार्य गरेका छन् वा छैनन् र गर्छन् वा गर्दैनन्, त्यसले महत्वपूर्ण अर्थ राख्छ ।
नेपालमा सदावहार रूपमा नीति निर्मातादेखि शिक्षक, अभिभावक र विद्यार्थीले रटान लगाउँदै आएको एउटै कुरा हो, गुणस्तरीय शिक्षा । यसको मापनका बारेमा मापदण्ड के हो ? यसमा भने व्यक्ति अनुसार फरक फरक परिभाषा हुने गरेका छन् । व्यक्ति, समाज र राष्ट्रको जीवनमा गुणस्तरीय शिक्षाले सकारात्मक प्रभाव पार्ने भन्दै अनेकानेक बहस र छलफल भइरहेका हुन्छन् । गुणस्तरीय शिक्षाका बारेमा जसरी एकरूपताका साथमा आवाज मुखरित हुने गरेका छन् तर यसको मानक अर्थका बारेमा भने भिन्नाभिन्नै तर्क, विश्लेषण र व्याख्या सुनिँदै आएको छ ।
भूकम्प प्रभावित क्षेत्रका २५० घरपरिवारको अस्थायी आवास र शौचालय निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटीले सानीभेरी गाउँपालिका –४ का १ सय ५० र त्रिवेणी गाउँपालिकाका –९ र १० का एक सय गरी जम्मा २५० घरधुरीको अस्थायी आवास र शौचालय निर्माण गरिएको हो ।