काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीबाट बैंकिङ् कसुर मुद्दाका फरार प्रतिवादीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
कैलालीको कान्द्रा नदीमा हाम फालेका महिलाको आज शव भेटिएको छ । भजनी नगरपालिका–५ लालबोझीकी ४० वर्षीया रीमा डङ्गौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी आएको बेला आइतबार साँझ उहाँले कान्द्रा नदीमा हाम फाल्नु भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीशंकर माध्यमिक विद्यालय थपवा, बाँकेका प्रधानाध्यापक मुहम्मद युनुस खाँविरुद्ध मंगलबार बिशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा प्रहरीले ललितपुरको थसीखेलबाट एक जनालाई पक्राउ गरेको छ।
वादी समुदायका समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ । वि.सं. २०७७ फागुन १० गते आवास र रोजगारीलगायत विभिन्न माग राख्दै आन्दोलित भएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच ५ बुँदे सहमति भएको थियो ।
सोमबार रातिदेखि परेको अबिरल वर्षापछि विभिन्न खोलामा आएको बाढीले पूर्वी मोरङका धेरै जसो गाउँ/सहर जलमग्न भएका छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।
वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” नामक नयाँ पार्टीको घोषणा भएको छ।
साताको पहिलो कारोबारको दिन आइतबार उच्च अङ्कले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ ।
नवराज कट्टेलविराटनगर, असार १४ गते। बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधीन पुल भत्किएको छ। बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो। स्थानीय यज्ञ कटवालका अनुसार दश वर्षदेखि निर्माणाधीन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन्। मङ्गलबार बिहानदेखि परिरहेको पानीका कारण मोरङका नौ स्थानीय तह प्रभावित बनेका छन्। विराटनगर महानगरपालिका-८ का २५ घरपरिवार विस्थापित भएका छन्। सम्भावित जोखिममा रहेका ९५ परिवारलाई त्रिपाल टाँगेर सुरक्षित स्थानमा सारिएको छ। यसैगरी घिनाघाट-विराटचौक सडक अन्तर्गत ग्रामथानको खुनियाकट्टामा सडक अवरोध भएको छ। त्यहाँ डाइभर्सनमार्फत बाटो खुलाउने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। कानेपोखरी-६ मा भलुवा खोलाको बाढी पसेर तेजबहादुर दर्जीको घरमा क्षति पुगेको छ। सुनवर्षी नगरपालिका-६ मा बक्राहा खोलाले बाँध कटान गर्न थालेपछि अहिले रोकथामको प्रयास भइरहेको छ। खोला बस्तीमा पस्ने जोखिम बढेपछि सुरक्षा निकाय परिचालन गरिएको छ। मोरङको बुढीगङ्गा गाउँपालिका-२ मा रहेको विराट टिचिङ अस्पतालको आकस्मिक कक्षामा पानी पस्दा सेवा अवरुद्ध भएको छ। यसैगरी बुढीगङ्गा गाउँपालिका-२ को खाप टोलका २६ घरमा सिंघिया खोलाको बाढी पसेपछि ११५ जनालाई वडा कार्यालयको भवनमा स्थानान्तरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। कटहरी गाउँपालिका-१ टाइगरटोलमा सिंघियाको बाढी पस्दा ६० घरपरिवारका २५० जनालाई स्थानान्तरण गरिएको छ।
महानगरमा हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सेचतनामुलक र उपचारका कार्यक्रम गरिरहेको छ ।
पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
काठमाडौं विश्वविद्यालय (केयू)ले मास्टर्स इन मिडिया स्टडिज कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगता असार १७ देखि १९ गतेसम्म हुनेछ ।
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।