अरनिको राजमार्ग अन्तर्गत सडक विस्तारको काम भइरहेको भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्डका लागि सरकारले थप बजेट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गर्नुहुने जनाइएको छ ।
सुनसरीका मूर्तिकारलाई श्रीपञ्चमी अर्थात् सरस्वती पूजा नजिकिएसँगै सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । गढी गाउँपालिका–३ का कमलकिशोर शर्मा आफ्नो सिपलाई प्रयोग गर्दै कलात्मक मूर्ति बनाउन व्यस्त रहेको बताउनुहुन्छ । आगामी फागुन २ गते हुने पूजाका लागि शर्मा जस्तै सुनसरीका अन्य मूर्तिकारलाई यतिबेला भ्याइनभ्याइ छ ।
सरकारले संसद्लाई क्रियाशील बनाउनेगरी संसदमा विभिन्न विधेयक, प्रस्तावहरू छलफलका लागि ल्याएको खण्डमा मात्र संसद् पनि प्रभावकारी र सक्रिय हुन्छ । गत अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन ।
हेटौँडा—काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–महालक्ष्मी खोला— चखेल–माता तीर्थ सडक खण्डको मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ५ मा सुख्खा पहिरोले अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालन गरिएको छ ।
पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई प्रदेशकै मुख्य आयुर्वेद हब तथा अस्पतालको रूपमा विकास गरिने बताउनु भएको छ । उहाँले अस्पताललाई स्थानीयसँगै जोड्दै रोजगार सिर्जना गर्न र भरपर्दो अस्पतालको रूपमा विकास गर्नका लागि सबै लाग्नु पर्ने जनाउँदै यस्तो बताउनु भएको हो ।
धनुषा र सिराहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्नपछि पूजापाठ गरेर शनिबारबाट मानिसका लागि आवतजावत खुला गरिएको छ ।
वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुन आर्थिक सङ्कलनका लागि आफ्नो पुस्तक बिक्री गर्ने क्रममा बैतडी आइपुग्नुभएको छ । सामान्य परिवारमा जन्मेका पुनको जीवनगाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला हुँदै बैतडी पुग्नुभएको हो । कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष्य अनुरूप उहाँ मेची–महाकाली महाअभियान हुनुहुन्छ ।
विद्यालयले दिवा खाजा उपलब्ध गराउन थालेसँगै दोलखाको वैतेश्वर गाउँपालिका–७, गैरीमुदीको विष्णु माध्यमिक विद्यालयका ९८ प्रतिशत विद्यार्थी
विभिन्न गाउँबस्तीमा पाइने दमाहा बाजा पछिल्लो समय हराउँदै गएका छन् । नयाँ पुस्ताले यस्ता बाजाप्रति खासै चासो नदेखाउँदा तथा आधुनिक बाजाका कारण परम्परागत बाजा हराउन थालेका हुन् । गाउँमा विवाह व्रतबन्ध, भुवा, दसैँ र बिसुपर्वका प्रयोग गरिँदै आएका दमाहा, सहनाई, नरसिङ्गालगायतका बाजा बिस्तारै लोप हुँदै गएका छन् ।
हेटौँडा—काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीम फेदी–कुलेखानी–फाखेल–फर्पिङ भएर यात्रारत एक यात्रुको मृत्यु भएको छ । काठमाडौँबाट बारातर्फ आउँदै गरेको ना.१ज ७९५८ नं.को सुमोमा सवार बारा कोल्वी नगरपालिका ६ पर्सौनाका द्वारिका चौधरीको मृत्यु भएको हो ।
सर्लाहीको बागमती नगरपालिका–१२, भरतताल नजिक शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
कृषकको नयाँ प्रजातिप्रतिको आकर्षण, बढ्दो रोग किराको प्रकोपलगायतका कारण पुरानो तथा रैथाने प्रजातिको अमिलो जातका फलफूल लोप हुने क्रम बढ्दो छ तर यसैलाई नियन्त्रण गर्न धनकुटाको पारिपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले सुरु गरेको फिल्ड जिन बैङ्क प्रभावकारी बन्दै गएको छ ।
चौरजहारीलाई नयाँ सहरका रूपमा विकास गर्न जग्गा एकीकरण अघि बढेको छ । व्यवस्थित सहर विकास निर्माणका लागि जग्गा एकीकरणको काम तीव्र पारिएको हो । स्थानीयको नाममा रहेको जग्गा सरकारको नाममा सार्ने काम धमाधम अघि बढाइएको छ । माघ ३ गते बसेको मन्त्रीपरिषद् बैठकले घारीगाउँ (चौरजहारी नयाँ सहर) जग्गा एकीकरण आयोजनाका लागि ५८५ रोपनी जग्गा प्राप्त गर्न स्कीकृति प्रदान गरेको छ ।