महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ । बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सो नहरको पानीले रोपाइँ गरेर नहर उद्घाटन गर्नुभएको हो ।
भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
प्रदेश १ का पूर्वमन्त्री तथा वर्तमान सांसद उषाकला राईले गरिब जनताका लागि निःशुल्क उपचार कोष गठन गर्नुपर्ने र बलात्कारजस्तो गम्भीर जघन्य अपराधको विषयलाई अन्त्य गर्न पाठ्यक्रममै व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।
पहिलो मधेश प्रदेश युवा महोत्सव- २०७९ सुरु भएको छ। ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ नाराका महोत्सव बुधबार सुरु भएको हो।
श्री ३ महाराज देवशमशेर जबरा प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा बुधबार आयोजित सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर जबरा र साहित्यकार लालबहादुर भुजेललाई सम्मानित तथा पुरस्कृत गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताउनुभएको छ।
सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको छ।
लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० का लागि प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट पारित भएको छ । लुम्विनी प्रदेश सभाको १० औं अधिवेशनको बैठकमा विभिन्न चरणमा भएको बजेट सम्वन्धी छलफलपछि बजेट बुधवार प्रदेश सभामा बहुमतबाट पारित भएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढङ्गले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताउनुभएको छ । अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
यलु जोशी काठमाडौं, असार १५ गते। हाम्रो संस्कृति हामीले बचाउनुपर्ने उद्देश्यले बालबालिकाले असार १५ गते हिलो खेल्दै धान रोपेर मनाएका छन्। राष्ट्रिय धान दिवसको अवसर विभिन्न स्कुलबाट आएका बालबालिकाले कोही धान रोपेर त कोहीले हिलो खेलेर रमाइलो गरेका हुन्। मध्यपुरथिमी लोकन्थलीस्थित भक्तपुर निस्ट माध्यमिक विद्यालयका स–साना बालबालिकालाई असार १५ र धानको महत्त्व बुझाउन रोपाइँ गर्न लगाएको विद्यालयको शिक्षिका साधना शर्माले जानकारी दिनुभयो। उहाँले बालबालिकालाई सानैदेखि नैतिक शिक्षाको आवश्यकता पर्ने भएकाले असार १५ मा धान रोप्न लगाएको बताउनुभयो। विद्यालयका शिक्षक ज्ञानु श्रेष्ठले बालबालिकालाई हामीले खाने खाना (भात) कसरी आउछ भन्ने बुझाउने उद्देश्यले रोपाइँमा सहभागी गराएको जानकारी दिनुभयो। किसानले कति मिहिनेतका साथ रोपाइँ गर्छन् भन्ने कुराको ज्ञान नयाँ पुस्तालाई सिकाउन रोपाइँ कार्यक्रम गरेको उहाँले प्रष्ट पार्नुभयो। स–साना बालबालिका पानी र माटोमा रमाएर धान रोप्न सक्रिय थिए। धान रोप्न सिकाउँदै गर्नुभएको सूर्जमाया द्वारेले हाम्रो संस्कृति र परम्पराको संक्षण गर्नका लािग यस्तो नैतिक शिक्षाको महत्त्व रहेको उल्लेख गर्नुभयो। बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ। रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई असारे गीत गाएर पोख्ने गरिन्छ। यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ।
इलाम नगरपालिकाको दुलालबेसीमा बेठी लगाएर खेतमा धान रोपी रहँदा इलामको सूर्योदय नगरपालिका ५ समालबुङका कृषकले सडकमै धान रोपेका छन् । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाएर किसानका खेतबारीमा धान रोपाई भैरहँदा सडकको कन्तबिजोग भोगेका समालबुङबासीले भने सडकमै धान रोपेर बिरोध जनाएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार आठ जनाको पीसीआर परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताउनुभएको छ । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई बुधबार यहाँ निर्देशन दिँदै सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा अनियमित्ता बढ्दैजानु चिन्ताको विषय भएको बताउनुभएको छ । महालेखापरीक्षकको ६४ औं वार्षिकोत्सवको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो चिन्ता व्यक्त गर्नुभएको हो ।