बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) पार्कमा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको शालिक बन्ने भएको छ । शालिक निर्माणका लागि पूर्वराजदुत पदम सुन्दासले बुधबार एक समारोहका वीच शिलान्यास गर्नुभएको हो ।
माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुग्नुभएको छ । काठमाडौंको टुंडिखेलबाट १७ दिन पहिले दौड सुरु गर्नुभएका पर्वतका युवा नविन पुनमगरले झापामा आफ्नो सचेतना अभियान सञ्चालन गर्नुभएको छ ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक असार २७ र २८ गते बस्ने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अङ्कले वृद्धि भएको छ । साताको आइतवार उच्च अङ्कले बढेको नेप्से पछिल्लो तीन दिन भारी अङ्कले गिरावट भएको थियो । तर, बिहीवार भने नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएर परिसूचक दुई हजार बिन्दुमाथि पुगेको छ ।
महिला ओपन गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा ५० जना महिला गल्फरको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताकी संयोजक आर्सिया बानुले जानकारी दिनुभयो ।
वर्षासँगै चट्याङ पर्दा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ६ लिउडी गाउँका किसान ज्ञानबहादुर सेजुवाल घाइते भएका छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने भए साउन मसान्तसम्म उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।
गुल्मी तम्घासकी कमला भलामीको दिनचर्या बिहान सुरु हुन्छ । उठेदेखि उहाँ च्याउ खेतीमा लाग्नुहुन्छ । उहाँका दिनचर्या यसरी नै बितिरहेको छ । उहाँले रेसुंगा नगरपालिका–८ खानीगाउँमा च्याउ खेती गर्दै आउनुभएको छ । भलामी फर्मको स्थापना गरी उहाँले व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएको हो ।
कर्णालीमा छाउपडी प्रथा उन्मुलनका लागि अभियानहरु सञ्चालनमा करौडौं रकम खर्च भए पनि अवस्था राम्रो हुन सकेको छैन । कर्णालीका ग्रामिण भेगमा सुत्केरी हुँदासमेत अहिले पनि गोठमा बस्नु बाध्यता कायमै छ ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले वाशिङ्टनस्थित राष्ट्रिय रक्षा विश्वविद्यालयको भ्रमण गर्नुभएको छ ।
सरकारी कागजात कीर्ते गरेको अदालतबाट फैसला भएपछि प्रदेशसभा सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिनुभएको छ । सांसद खातुनले बुधबार संसद सचिवालयमा दिनुभएको राजीनामा बिहीबार स्वीकृत भएको छ ।
काठमाडौं, असार १६ गते । दिनेश राउतले निर्देशन गर्नुभएको फिल्म 'प्रकाश'को 'जोर मैना' बाेलकाे गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत र ध्रुव बिस्कोको स्वर छ । महेन्द्र अधिकारीले निमार्ण गर्नुभएको फिल्म जुम्लाको परिवेशमा छायाङ्कन भएको हो । फिल्मको गीतमा प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा देखिएका छन् । फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । बिनिस इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत छ ।
गुल्मीको बढीगाड खोला किनारमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ४ साहाघाटस्थित बढीगाड खोलामा सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक खण्ड पाँच वर्षदेखि अलपत्र बनेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म पनि २० किलोमिटर सडकले पूर्णता पाएको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले पाँच वर्षअघिदेखि नै बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । हरेक वर्ष यो सडकका लागि बजेट विनियोजन हुँदै आएको छ । यद्यपि काम भने कछुवा गतिमा हुँदा सडक पाँच वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन ।