शैक्षिक सुधारको माग गर्दै धनुषाको सबैला नगरपालिका-१२ बरकुर्वामा रहेको फकिरचन्द गामी माध्यमिक विद्यालयका शिक्षक धर्नामा बसेका छन् ।
आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो । मडारिएको बादल देख्यो कि कञ्चनाको अनुहार उज्यालो भइहाल्छ । फेरि एकछिनमै आकाशे बादल हराउँछ, कञ्चनामाथि बादल मडारिन्छ । यो क्रम दुई सातायता लगातार चलिरहेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गर्नुभएको छ ।
उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ ।
एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो ।
महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली– माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल–बौद्ध सडकखण्डमा ९९ वटा वत्ती जडान गरिएका हुन् ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षर्थी उत्तिर्ण भएका हुन् ।
कोषले बर्दीबासमा आयोजना गरेको दुईदिने कार्यशाला गोष्ठीमा सहभागि महोत्तरी, सर्लाही र धनुषा जिल्लाका ५३ स्थानीय तहमध्ये ४७ वटा पालिकाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् ।
पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको कामले गति लिएको छ । सुस्त गतिमा भइरहेको आयोजनाको काम तीन महिना अघिदेखि भने गति लिएको हो ।
निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अवैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचमा खटिएको प्रहरीले विभिन्न साइजका ७३ बोरामा ल्याएको २८५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
लागूपदार्थ दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिका-३ कप्तानगञ्जको कृष्ण माध्यमिक विद्यालयमा फ्यान क्लब गठन गरिएको छ।
दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका छन् ।