सातादेखि लगातार परेको पानीले सप्तरीका विभिन्न क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । कञ्चनपुर– कमला चारलेन सडक निर्माणको जिम्मा पाएको कम्पनीले पानी निकासी बन्द गर्दा सडकभन्दा उत्तरी क्षेत्रका दर्जनौं बस्ती जलमग्न भएको हो ।
भुटानी मूलका अमेरिकन नागरिक नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘द हिमालयन’ गायनका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा लोकार्पण भएको छ । जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी प्राध्यापक अनुपमा रेग्मीलगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो । पुस्तकको अङ्ग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको हो ।
कर्णाली प्रदेशमा पोषण सुधार अपेक्षित रूपमा नभएकाले तीनै तहका सरकार संवेदनशील भएर लगानी बढाउनुपर्ने धारणा सरोकार पक्षले व्यक्त गरेका छन् ।प्रदेश योजना आयोगद्वारा बुधबार आयोजित छलफलमा कर्णाली प्रदेशमा पोषण सुधारका लागि लगानी बढाउनुपर्ने बहुक्षेत्रीय पोषण योजनासम्बन्धी कार्यक्रममा सहभागीले सुझाव दिएका छन् ।
शिशुबच्चालाई खुवाउन तयारी गरिएको सर्वोत्तम प्रिमियम लिटोको प्याकेटभित्रै कीरा फेला परेको छ । महोत्तरीको वर्दिवास –१ नेमिसा फार्मेसीबाट खरिद गरिएको सर्वोत्म प्रिमियम लिटोको प्याकेट भित्र किरा फेला परेको हो ।
निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका वडा नं १० तिल्केचौर गाउँको बस्ती भन्दा दुईसय मिटर माथिको जमिन धाँजा परेर भासिन थालेपछि त्यहाँका १७ घर परिवार उच्च जोखिममा परेको कटारी नगरपालिका वडा नं १० का वडा अध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो ।
पहिरोले क्षतिग्रस्त नाम्खा गाउँपालिका–५, तुम्कोटगाउँ फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण भएको छ ।स्थानीय उपभोक्ता ल्यान्ड तामाङ लामाका अनुसार गत वर्षको पहिरोले क्षति पुगेको सो खानेपानी योजना पुनर्निर्माणपछि घरघरका धारा सञ्चालनमा आएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले गर्दा मदन भण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध भएको छ । उदयपुरको त्रियुगा नगरपलिका वडा नम्बर ७ झोलुङ्गे पुल नजिक पहिरो खस्दा मङ्गलवार राती देखि मदनभण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध बनेको हो ।
प्रत्येक वर्ष बेरुजु बढिरहेकाले वित्तीय अनुशासनका लागि त्यसको फस्र्योट हुनुपर्नेमा जोड दिइएको छ । महालेखा परीक्षकको कार्यालयको ६४औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा बढ्दो बेरुजु राज्यको वित्तीय स्वास्थ्यका लागि समस्या हुने भएकाले त्यसको फस्र्योटमा सरोकारवाला सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फस्र्योटलाई अभियानकै रूपमा लैजानुपर्ने सुझाव दिनुभयो । “आगामी आर्थिक वर्षदेखि बेरुजु नहुने गरी आर्थिक अनुशासनमा सबैको ध्यान जानुपर्छ,” उहाँले भन्नुभयो ।
अविरल वर्षाको कारण धन्सार भत्किदा स्याङ्जामा एक किसोरीको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं. १० डुविनडाँडाका ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्कदा उहाँकी छोरी १२ बर्षीया रेखा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजिबबहादुर बस्नेतले जानकारी दिनुभयो ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न गरिएको निर्माण सम्झौताको प्रतिलिपि र संलग्न कागजात संसदीय समितिले मागेकोमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र विभागले भने उपलब्ध गराएका छैनन् । प्रतिनिधि सभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याकङ्न समितिले सम्झौता मागेको थियो ।
नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कबाट नबिल र एनबी बैङ्कलाई गाभ्न÷गाभिनका लागि अन्तिम स्वीकृति प्राप्त भएकाले बैङ्क थप प्रक्रियाका लागि अगाडि बढेको नबिल बैङ्कका उपमहाप्रबन्धक मनोज ज्ञवालीले जानकारी दिनुभयो ।
तीन दिनदेखिको अविरल वर्षाको कारण सुनसरी जिल्लाको सातवटा स्थानीय तह अधिक प्रभावित भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार इटहरी उपमहानगरपालिका, वराहक्षेत्र, दुहबी र इनरुवा नगरपालिकाका साथै भोक्राहानरसिंह, हरिपुर र बर्जु गाउँपालिका बाढी र डुबानका कारण अधिक प्रभावित भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका अधिकांश मन्त्री पार्टीको बैठकमै नआएको बताउनुभएको छ । उहाँले सुरुमै पार्टीले मन्त्रीको नाम सिफारिस गर्दा छ महिनाका लागि मात्रै हो भनेर पठाए पनि मन्त्रीले समय सकिएपछि फिर्ता बोलाएको सुन्न नै नचाहेको बताउनुभयो ।
बुधबार साँझ बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । ती पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।