सङ्घीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरु हुँदैछ । सो दलका सचेतक महेश बर्तौलाले आइतबार सम्पन्न दलको बैठकमा सो निर्णय भएअनुसार निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले चालु अधिवेधनका बैठकहरुमा विगतमा भन्दा अझ सशक्त र प्रभावकारीरुपमा प्रतिपक्षको भूमिका निर्वाह गरिने बताउनुभयो ।
मुद्रण उद्योग महासङ्घको १० औं साधारणसभा तथा पाँचौँ महाधिवेशनबाट ४३ जना पदाधिकारी निर्वाचित भएका छन् ।
सुनकोशी गाउँपालिका–४ मा सुविधासम्पन्न यमुनाडाँडा स्वास्थ्यचौकी निर्माण गरिएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ ।
दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड ।
काठमाडौँ महानगरपालिकाले यहाँका सडकमा एक हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महाराजगन्ज- लैनचौर- जमल खण्डमा ३१८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र- बालुवाटार- नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर- थापाथली - माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल - बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
संसद् भनेको जनताको कुरा राख्ने प्रभावकारी थलो हो । तर, सदनमा देशका महत्वपूर्ण विषयमा सांसदले स्वतन्त्र रुपमा आफ्नो कुरा राख्न पाउँदैनन् । ‘यो कुरा बोल्ने’ भनेर पार्टीबाट ह्वीप जारी हुन्छ ।
गुल्मीमा सूचना प्रविधि सम्बन्धी अभिमुखीकरण गरिएको छ । यस जिल्लाका विभिन्न क्षेत्रमा रहि सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्ने र सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न पेसामा संलग्नलाई अभिमुखीकरण गरिएको हो ।
यतिबेला म रामदीमा कालीगण्डकी महानदीमाथि बनेको सानो पुलमा उभिएको छु । सत्ते, उहिल्यै “रामायणकालमा चौध वर्ष लामो वनवासकालमा भगवान राम, सीता र लक्ष्मणको भ्रमण एवं विश्रामस्थल भएको”
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । प्रमुख शेरचनले नेपालमा अहिले पनि भ्रष्टाचार भइरहेको स्पष्ट भएको चर्चा गर्दै अन्तर्रास्ट्रिय निकायको अध्ययनले त्यो देखाइरहेकाले यसलाई शून्यमा लैजाने आँट सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भन्नुभयो, “अहिले काम नगर्ने, पसिना नै नबगाउने बानी हाबी भयो । पहिलेको र अहिलेको तुलना गर्नै नसक्ने अवस्था छ ।”
हाल नेपालमा पश्चिमी वायुको प्रभाव आज देशभर बदली रहनुका साथै केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशकोपहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
नेपाल वायुसेवा निगमका कर्मचारी समेत रहेका क्याप्टेन अनिसमान शाक्यलाई संस्थामा बुझाउनुपर्ने ३२ लाख दुई हजार ८३२ रकम तत्काल बुझाउन ताकेता गरेको छ । गोरखापत्र दैनिकमा आइतबार ३५ दिने सूचना प्रकाशन गरी निगमले क्याप्टेन शाक्यको नाम सार्वजनिक गरेको छ ।
धनकुटा नगरपालिका धनकुटाको सबैभन्दा बढी जनसङ्ख्या भएको ठुलो र पुरानो नगरपालिका हो । २०३५ सालमै नगर पञ्चायत घोषणा भएको धनकुटाको जनसङ्ख्या करिब ३६ हजार रहेको छ । यस नगरपा
पाल्पाका अधिकांश स्थानका सिमसार क्षेत्र मानव अतिक्रमणमा परेको छ । जिल्लाका प्रभास, माडी, तिनाउ, माथागढीको झडेवा क्षेत्रका सिमसार क्षेत्र मानिसको गतिविधिले अतिक्रमणमा परेको हो । डाँडाको बस्ती समथर स्थानमा सरेपछि सिमसार क्षेत्र अतिक्रमणमा परेको स्थानीयवासी बताउँछन् ।