रुकुमपश्चिमको एक सामुदायिक वनमा लागेको डढेलोका कारण करिब चारसय बोट बिरुवामा क्षति पुगेको बताइएको छ ।
दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबिच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमबार सफाइ दिएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । फुङ्लिङ नगरपालिका कार्यालयसँगै रहनेगरी नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर ताप्लेजुङ शाखा स्थापना गरिएको हो ।
विश्व रक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गर्नुभएको छ ।
राष्ट्रिय सभामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।
बाँकेका जनप्रतिनिधिले सञ्चार माध्यमसँग सहकार्य गरी अघि बढ्दा विकास निर्माणलगायतका गतिविधि प्रभावकारी हुनेगरेको बताउनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो ।
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या २७ हजार ३६५ पुगेको छ । साथै ६६ हजार ६३० जना घाइते भएका छन् ।
साहित्यिक पत्रकार सङ्घले समकालीन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गर्नुभयो ।
वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकम विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
मुगुको खत्याड गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।
सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले दादुरा-रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र उहाँले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिनुभयो ।
दक्षिण अफ्रिकामा भएको एक दिवसीय क्रिकेटमा सहभागी भई नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।