तराईका जिल्लामा बाढी र पहाडी जिल्लामा पहिरोको जोखिम रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपियाँको विद्युत बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो ।
दिउँसै चितुवा बच्चा लिएर बस्ती बस्तीमा आउन थालेपछि तनहुँका विभिन्न पालिका बासिन्दा आतङ्कित भएका छन् ।
राष्ट्रियसभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
मोरङको रङ्गेलीमा बुधबार दिउँसो स्कुल बसले किचेर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राष्ट्रिय सभा बैठकबाट बाहिरिएका छन् ।
नेपालको मोलिक लोक, सङ्गीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने भएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल, म्याट्रेसलगायतका सामग्री वितरण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र चल्ने १२० वटा एम्बुलेन्समा ट्याकिङ सिस्टम जडान गरिएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा शुक्रबार बिहान एउटा हात्ती मृत फेला परेको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्रको कालागाड खोलामाथि निर्माणाधीन बहुउद्देश्यीय झोलुङ्गेपुलमा पर्यटकीय आकर्षण बढ्दै गएको छ । दुहुँ गाउँपालिका केन्द्रनजिकै रहेको झोलुङ्गेपुलले खर्रा र चल्लेगाडालाई जोड्नेछ । ३७२ मिटर लम्बाइको सो पुल १९० मिटर उचाइमा छ । अग्लो र लामो पुल भएकाले चिसो हावा लाग्ने गर्छ । सोही कारणले समेत स्थानीयका लागि झोलुङ्गेपुल आकर्षणको केन्द्र बनेको छ । दार्चुलाकै सानो तर पर्यटकीय हिसाबले महŒवपूर्ण दुहुँ गाउँपालिकामा साहसिक पर्यटक भिœयाउने योजना गाउँपालिकाको छ । सो पुलमा बन्जीजम्पसमेत जडान गर्ने योजना छ । दार्चुला सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टा गाडी यात्रापछि यो पुलमा पुग्न सकिन्छ ।
अन्य समयमा नियमित रूपमा यातायात सेवा सञ्चालन हुने पहाडी जिल्लाको दुर्गम गाउँबस्ती र सदरमुकामलगायत सहरी क्षेत्रबीचको सम्बन्ध वर्षात्का कारण अवरुद्ध भएको छ । वर्षात् सुुरु हुनासाथ सडक बाढीपहिरोले बगाउने र कच्ची सडकमा हिलो जम्ने भएकाले यातायात सेवा नियमित सञ्चालन नहुँदा यस्तो समस्या आएको हो ।