पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जोर्डनका राजा अब्दुल्लाह द्वितीय र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले गाजा पट्टीमा युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।
युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बिच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उहाँले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताउनुभएको थियो ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिकाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४१६८ नम्बरको जिप सोही नगरपालिका–७ बरबासमा जिप दुर्घटना भएको हो ।
नेपालगन्ज मेयर कप फुटबल प्रतियोगिताको उपाधीका लागि छात्रतर्फ सेन्ट जेभियर्स र मोडेल एकेडेमीले फाइनलमा भिड्ने भएको छ भने छात्रातर्फ मनकामना मावि खजुरा र मोडेल एकेडमीले फाइनल भिड्ने भएका छन् ।
नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
नेपाली कांग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्ने भएको छ ।
कर्णालीका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेशस्तरीय खानेपानी गुणस्तर निगरानी समितिले सुझाव दिएको छ । समितिको सोमबार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा बसेको बैठकले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चितको मापनका लागि दक्ष प्राविधिक जनशक्तिसहित प्रदेशका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने सुझाव दिएको हो ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य केशव बुढाथोकीको निधन भएपछि आकस्मिक बैठक बसेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ । ”
लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भनेको हरेक वर्ष आयोजना गरिने महोत्सव हो । यसमा विभिन्न देशका कलाकार आएर आफूले तयार पारेका नाटक प्रस्तुत गर्ने हुने रहेछ । तीन दिनसम्म लगातार नाटक प्रस्तुत भयो । स्वस्तीश्री गुरुकुल आई. वल्र्ड स्कुलको आयोजनामा भएको महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, फ्रान्स, स्लोभाकिया, पोल्यान्ड, श्रीलङ्का, इजरायल र थाइल्यान्डका रङ्गकर्मीको सहभागिता रहेको नाटकको निर्देशक तथा परिकल्पना भने रङ्गकर्मी टङ्क चौलागाईंले गर्नुभएको थियो ।