समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
छ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार छ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको हो ।
रासायनिक मलको अधिक प्रयोगले माटोमा अम्लीयपना बढाउँदै उर्वराशक्तिमा ह्रास हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग हुने गाईभैँसीको गोबर, बाख्राको जुतो, कुखुरा र हाँसको सुलीको प्राङ्गारिक मलले माटोको उर्वराशक्तिलाई बचाउने भए पनि त्यसको प्रयोग कम हुँदै गएको छ । गोबर र सोत्तरको मलको प्रत्यक्ष प्रयोगमा फोहोरको अनुभूति हुने भएकाले किसानले त्यस्तो मलको प्रयोग कम गर्न थालेका छन् तर अब यो समस्या निराकरण हुने छ, किनकि गोबर, जुतो, सुली आदिको प्रयोग गरेर प्राङ्गारिक मलको उत्पादन सुरु भएको छ ।
यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थी पढाई सुचारुको माग गर्दै रिले अनशनमा बसेका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउनुभएको छ। कपिलवस्तु उद्योग वाणिज्य सङ्घको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै महतले अर्थतन्त्रका धेरै सूचांकमा सकारात्मक परिवर्तन आएको दाबी गर्नुभएको हो।
भारत बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा मङ्गलबार भारतले नेपाललाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा–१९, सान्नानिटारमा मङ्गलबार दिउँसो बस र बोलेरो एक आपसमा ठक्कर हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
सुरक्षाकर्मीलाई झुक्याउन नयाँ नयाँ तरिकाको प्रयोग गरेर यहाँस्थित नेपाल भारत नाका जमुनाहा नाकाबाट तस्करले लागूऔषध ब्राउन सुगर भित्र्याउने काम गर्दै आएका छन्।
प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित सर्वसम्मतले पारित भएको छ ।
बजेट अभावका कारण ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रेको काममा समस्या आएको छ। काम गरेको रकम भुक्तानी नभएपछि सडक कालोपत्रे (पिच) निर्माणको काममा समस्या आएको हो।
रफत सञ्चार क्लबले गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईसहित तीन जना पत्रकारलाई सम्मान गरेको छ।
नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ ।
नेकपा माओवादी केन्द्र दाङले भ्रष्टाचार लगायतका जघन्य अपराधलाई पार्टीको पनि कारबाहीको विषय बनाउनुपर्ने सुझाव दिएको छ ।