संसारमा कतिपय निर्देशक यस्ता छन् जसले आफ्नो प्रथम या दोस्रो चलचित्रदेखि नै परिपक्वता हासिल गरेको देखिन्छ र छोटो समयमा नै स्थापित हुन पुग्छन् । फेरि अर्काथरी यस्ता निर्देशक पनि छन् जसलाई परिपक्वता हासिल गर्न केही समय लाग्छ र केही वर्षपछि मात्रै उत्पात
बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरीयतासँगै विकासका लागि रणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ ।
पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो । मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ ।
कक्षाकोठामा विभिन्न विधाको पाठ पढाउँदा शिक्षकले लेखकका बारेमा पनि पढाउनुहुन्छ । लेखकका बारेमा पढ्दै गर्दा लेखकचाहिँ कस्ता हुन्छन् होला भन्ने जिज्ञासा हुन्छ हाम्रो मनमा र भेट्ने चाहना हुन्छ अन्तरमनमा । हाम्रो मनको त्यो चाहना मनमा नै रहन्छ, कहाँ प्रत्यक्ष भेट्ने अवसर मिल्छ र लेखकसँग तर गत वर्ष विद्यालयले त्यो अवसर जुराइदियो । हामीले आफूले पढ्नुपर्ने पाठका लेखकसँग प्रत्यक्ष भेट्ने र अन्तर्क्रिया गर्ने अवसर पायौँ । नेपाली विषयका गुरु केशरी अम्गाईले कक्षा ९ को
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गर्नुभएको छ ।
चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिनुभयो ।
सुक्खापन बढेपछि सर्लाहीका किसान घाँसका रूपमा परालको जोहोमा लागेका छन् । यहाँको धान खेती बढी हुने वसन्तपुर, हरिपूर्वा, कालिन्जोर, जब्दी, हरिपुर क्षेत्रमा परालका कुन्यूँ (थाक) बनाएर राखिएको छ ।
मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ स्थित तर्लिङ आसपासका क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन थालेको छ ।
विश्वको सबैभन्दा लामा दुई नदी छन्– आन्ध्र महासागरसम्म बहने अमेजन (अनेजोनाज) र भू–मध्ये सागरसम्म बहने नाइल (बहरे–एल–नील) यसमध्ये कुन सबैभन्दा बढी लामो छ ? सन् १९६९ मा नापिएको अमेजन नदीको लम्बाइ छ हजार चार सय ४७ किमी छ । पछिल्लो गणनामा पहिलेको भन्दा ३०३ किमी बढेर छ हजार सात सय ५० किमी पाइयो । बेल्जियमका एम. डेबरायको नाप अनुसार नाइल नदीको लम्बाइ छ हजार ६७० किमीलाई मान्ने हो भने नाइल अमेजन नदीभन्दा
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुक्खा पहिरो झरेर सुरुङ निर्माण रोकिएपछि मङ्गलबार सुरुङ निर्माणस्थल कुसुमटारमा क्षमापूजा गरिएको छ । सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचेपछि ४५ दिनदेखि निर्माण कार्य रोकिएको थियो । मङ्गलबार बिहान पण्डित लगाएर कमलामाई नगरपालिका–२, कुसुमटारमा ‘विश्वकर्मा बाबा’ को पूजा गरी क्षमापूजा गरिएको आयोजनाले जनाएको छ ।
हिमालपारिको गाउँको रूपमा चिनिँदै आएको नाम्खा गाउँपालिका–६ को जाङ गाउँ बस्ती रित्तिने क्रम बर्सेनि बढ्दै गएको पाइएको छ ।
कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् । गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने
गुल्मीमा १४ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । सस्पेन्सन बृज डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय र सिर्जनशील सामुदायिक विकास केन्द्रले हेर्ने गरी जिल्लाका विभिन्न स्थानमा १४ वटा झोलुङ्गे पुलको निर्माण कार्य भइरहेको छ ।
समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट भएको छ । रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिले उखुको तौल घटाएको विषयमा मङ्गलबार आन्दोलनरत किसानको रिपोर्टिङ् गर्न पुग्नुभएका मध्यान्ह दैनिकका समाचारदाता कृष्ण तिवारीमाथि आक्रमण भएको हो ।
चालु आर्थिक वर्षको सात महिना सकिन लाग्दा रामेछापका स्थानीय तहमा सम्पन्न हुनुपर्ने विकास योजनाहरूको कामले अपेक्षित मात्रामा गति लिन सकेको छैन । रामेछापमा दुई नगरपालिका र छ वटा गाउँपालिकाको हालसम्मको प्रगति विवरण हेर्दा यहाँका स्थानीय तहले अपेक्षित रूपमा विकास योजनाहरूको काम गर्न सकेका छैनन् । यहाँका स्थानीय तह अझै असारे विकासको मानसिकताबाट मुत्तक्तहुन नसकेको देखिन्छ ।