प्यालेष्टिनी इस्लामिक लडाकु समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार इजरायल आइपुग्नुभएको छ ।
अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा होटल व्यवसायी मर्कामा परेका छन् । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर पदमार्ग आसपासमा होटल व्यवसाय सञ्चालन गरेका दर्जनौँ व्यवसायी मर्कामा परेका हुन् ।
चार दशकअघि पुस/माघको लगलगी मुटु कमाउने जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा पस्नासाथ खलखली पसिना आएको बालापन महोत्तरीको बर्दिबास–६ कृष्णपुर बनराटोलका ६५ वर्षीय इन्द्रबहादुर शाहीले बिर्सनुभएको छैन ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विश्वप्रकाश मावि भरतपुर-१५ मङ्गलपुर चितवनका विद्यार्थीलाई बालपत्रिका मुना र साहित्यिक पत्रिका मधुपर्क वितरण गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कँदै गएको बताउनुभएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताउनुभएको हो ।
सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबिच भेटवार्ता भएको छ । मङ्गलबार गाजामा द्वन्द्व अन्त्य गर्न र प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पुर्याउने प्रयासहरूबारे छलफल भएको हो ।
जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट नजिकै भएर पनि कमलामाई नगरपालिका–४ स्थित ढाँडे र ढकालगाँउ शिखर दुर्गम गाउँको रूपमा परिचित छ ।
जैशीदेवल यूथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । सो प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।
ब्यौन्स्तर्न ब्यौन्सर्न मार्तिनसको जन्म नर्वेको उत्तर पहाडी भेगको क्विन्केमा ८ डिसेम्बर १८३२ मा भएको हो । नर्वेली साहित्यमा उनलाई हेनरिक इब्सेनसरह मानिन्छ । कवि, नाटककार, समालोचक, उपन्यासकार एवं आदर्श राजनेताको रूपमा प्रतिष्ठित ब्यौन्स्तर्न ब्यौन्सर्न मार्तिनस १९०३ मा नोबेल पुरस्कारद्वारा सम्मानित भए । उनका कृतिमा गाउँले जीवनको चित्रण गरिएको पाइन्छ । २६ अप्रिल १९१० मा पेरिसमा उनको निधन भो । बिटविन द ब्याटल (१८५७), अ ह्याप्पी ब्वाए (१८६०), पोइम्स एन्ड सङ्स (१८७०), द किङ (१८७७), लभ एन्ड जियोग्राफी आदि उनका प्रमुख कृति हुन् ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले मङ्गलबार एकघर जलेर नष्ट भएको हो ।