शिक्षित जिल्लाकारुपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् ।
कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरेर नदीनाला दोहन गर्न थालिएको हो ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना लिमिटेड बन्द भएकोबारे गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले चासो देखाएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ । अघिल्लो नेतृत्वको कार्यकालभरि नै केन्द्र कहाँ राख्ने भन्ने विषयमा निकै लामो समयसम्म विवाद झेल्दै गरेको गाउँपालिकाले भने अहिले आएर सुविधा सम्पन्न अपाङ्गमैत्री भवन निर्माण गरेको हो ।
सांसदहरूले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार कृषि क्षेत्रको उत्पादन, विकास र प्रवर्द्धनमा ध्यान दिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँस्थित न्यू दर्पण युवा स्पोर्टस् क्लबले पहिलो पटक डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौ जना एकैपटक लुम्बिनी आउने भएका छन् । बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ गर्ने भएको छ ।
तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो ।
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नम्बर २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो ।
बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।
जितपुर सिमरा उप–महानगरपालिकाबाट पचास हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताउनुभएको छ ।
फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मङ्गलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।
सङ्घीय संसद् प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।